-अर्जुन पाख्रिन
काठमाडौं, सपोर्ट माई स्कुलले आरुभञ्जयाङ आधारभूत विद्यालयलाई करीब ६ लाख रुपैँया बराबरको शैक्षिक सामग्री तथा फर्निचर वितरण गरेकोे छ । ओखलढुङ्गाको सुनकोशि गाउँपालिकास्थित रहेको विद्यालयलाई औपचारिक कार्यक्रमका साथ फर्निचर र शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता रामहरी खतिवडा, विशेष अतिथि कांग्रेस जिल्ला सभापत्ति प्रदिप कुमार सुनुवार र महासमिति सदस्य बालकृष्ण दाहालले अभिभावकको सहभागीतामा उक्त सामग्री वितरण गरेको हो ।

दुवईबाट सामाजिक सञ्जालको प्रयोग गर्दै बिनोद तामाङले सपोर्ट माई स्कुल अभियान चलाएका थिए । ओखलढुङ्गा सुनकोशि गाउँपालिकाका युवाहरुको सक्रियतामा उक्त अभियान सञ्चालन भएको अभियानका संयोजक तामाङले बताए ।
‘विदेशमा रहेर सामाजिक सञ्जालको माधयबाट अभियान सुरु गरेका थियौं । सामान्य ढंगले गर्दा गर्दै अभियानले बृहत आकार लियो,’ युएई नेपाली कांग्रेस जनसम्पर्क समितिका सह महामन्त्री समेत रहेका तामाङले भने,‘प्रवासमा रहेका स्थानीय युवाहरु मिलेर गाउँको विद्यालयको शैक्षिक गुुणस्तरका लागि अभियान चलाएका थियौं । गरे हुने रहेछ ।’ यस अभियानका लाग विनोदले नै १५ हजार घोषणा गरेका थिए । यसपछि कुमार तामाङ, हेमराज तामाङ हुँदै धेरै सहयोगिहरुले अभियानमा साथ दिएका थिए ।

नेपालबाट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका केन्द्रिय सदस्य बलराज तामाङले उक्त अभियानको संयोजन गरेका थिए । उनले भने,‘अभियान चलाउन सहज हुँदा हुँदै पनि कठिनाईहरु पनि थियो । तर, स्वच्छ मन भएका सहयोगीहरुका कारण अभियान सफल भएको छ । हामीले आधुनिक फलामको डेक्स बेन्च ४० जोर, २ सय विद्यार्थीलाई कापि कलम वितरण गरेकाछांै,’ अभियान्त तामाङले भने,‘ ८ वटा ह्वाइट बोर्ड, ८ डस्टर, जेहेन्दार तथा गरिव ६ जना विद्यार्थीलाई विद्यालयको पोषाक वितरण गरेकाछौं ।’

यस्तै, उनकै पहलमा राष्ट्रिय खेलकुद परिषदबाट दिएको खेलकुदका सामाग्री सुनकोशी मावि र आरु भञ्ज्याङ आधारभूत विद्यालयमा वितरण गरेकाछन् । भलिबलको सेट, फूटबल, ब्याटमिनटको सेट सोही कार्यक्रममा हस्तान्तरण गरिएको तामाङले जानकारी दिए ।

Comments

comments

SHARE