-नाम्सादिम संवाददाता
राजधानीमा आगामि असार २, ३ र ४ गते हुने सेलो नाट्य महोत्सवको तयारी भईरहेको छ । अहिले धमाधम महोत्सवका लागि छानिएका नाटकहरुको रिहर्सल भईरहेको छ । महोत्सवको विषयमा मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

नेपाल संगीत–नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सेलो फाउण्डेशनले आयोजना गर्न लागेको महोत्सवमा अमृत योञ्जन द्धारा लिखित निशा पाख्रिन र सन्तोष तामाङले निर्देशित ‘स्यालगर’, फूलमान बल द्धारा लिखित सोनाम तामाङले निर्देशित ‘सोनाम ग्याल्मो’, रोशन फ्युवा तामाङ द्धारा निर्देशित ‘ल्हालिमो’, बसन्त चौधरी द्धारा लिखित शान्ति वाइबाले निर्देशीत ‘ङाला फ्रेङबा धोङला टा’ र गोपाल फ्युवाले निर्देशित ‘ताचेमा’ नाटक देखाउने अन्तिम तयारी पूरा भईसकेको फाउण्डेशनका अध्यक्ष जगत तामाङले बताएका थिए ।

  • सेलो महोत्सवको उद्देश्य यसप्रकारको रहेको छ ।

    तामाङ मौलिक एवं जातिय नाट्य संस्कृतिको विकास गर्ने ।
    रंगकर्मी र कलापारखीहरुमाझ भिन्न भिन्नै समुदायको सांस्कृतिक र रंगमञ्चिय ज्ञान आदान प्रदान गर्ने ।
    तामाङ रंगमञ्चका संभावना खोतल्दै तिनलाई दिशावोध गराई गतिशिलता प्रदान गर्ने ।
    लोक नाटकका माध्यमद्वारा विभिन्न भाषा–भाषि, जात जाति, धर्मालम्बीहरुका विचमा एकता, सहिष्णुता, भातृत्वको भावनाको विकास गर्ने ।
    रंगमञ्चको माध्यमद्वारा तामाङ संस्कृतिको पहिचान प्रबद्र्धन गर्ने ।

तीन दिनसम्म चल्ने सेलो नाटक महोत्सवमा महोत्सवमा आधुनिक, लोक र काव्य नाटक गरि पाँचवटा प्रस्तुति रहनेछन् भने दुई वटा कार्यपत्र रहने आयोजकले जानकारी दिएकाे छ ।

उक्त महोत्सवमा ‘तामाङ रंगमंचको अवस्था’ बारे अमृत योञ्जन तामाङले कार्यपत्र प्रस्तुत गर्नेछ भने लोकनाटक ‘ताचेमा र ल्हालिमो’ बारे रोशन फ्युबाले कार्यपत्र प्रस्तुत गर्ने भएको छ । तामाङ मौलिक खाना, भेषभुषा र पुस्तक प्रदर्शनी महोत्सवको थप आर्कषणको रुपमा रहेको अध्यक्ष तामाङले बताए । इतिहासमा नै पहिलाे पटक हुनलागेकाे सेलाे महाेत्सवकाे पत्रकार सम्मेलनमा कार्यक्रम सञ्चालन भने हिरामान बल तामाङले गेरका थिए ।

Comments

comments

SHARE