-नाम्सादिम संवाददाता
नेपाल कला साहित्य प्रतिष्ठानको पहिलो वार्षिक उत्सव साेमबार विभिन्न सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न गरेको छ । कार्यक्रममा संसाद निमा लामा तामाङ, सेलो गायक प्रेम लोप्चन, विशाल कल्तान, छेवाङ तेन्जिङ तामाङ, बुद्ध लामा तामाङ, नायिका सुष्मा मोक्तान तामाङ, सुर्य लामा, रितुराज पाख्रिन लगायतले उपस्थिति जनाएका थिए ।

कार्यक्रम ‘तामाङले सेलो गीत गाउँछ’ बोलको तामाङ सेलो गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेका थिए । उक्त गीतमा ओम तामाङ वाइबाको स्वर रहेको छ भने शब्द आसमान तामाङ संगीत निरोज तामाङको रहेको छ ।

भिडियोमा नायिका सुष्मा मोक्तान तामाङ, ओम तामाङ, राजेन्द्र तामाङ, प्रितम तामाङ अस्मि स्याङतानले अभिनय गरेका छन् । छायांकन तथा सम्पादन सुर्य लामा तामाङ र निर्देशन ओम तामाङले गरेको छ ।

आसमान तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भने प्रितम तामाङले गरेका थिए ।

Comments

comments

SHARE