भक्तपुर । पाठेघर क्यान्सर भएकी सविना तामाङलाई सांस्कृतिक कार्यक्रम गरेर संकलन गरेकाे रकम आइतबार  हस्तान्तरण गरिएकाे छ । तामाङलार्इ ७ लाख ३६ हजार ५ रुपैयाँ रकम भक्तपुरमा पत्रकार सम्मेलन गरेर हस्तान्तरण गरेकाे हाे ।

क्यान्सर पीडित तामाङ बचाउ शनिबार भक्तपुरमा सांस्कृतिक कार्याक्रम गरेर अार्थिक संकलन गरेका थिए । कार्यक्रममा गायिका इन्दिरा गोले तामाङले विभिन्न तामाङ सेलाे गीत गाउँदै बिरामीलार्इ सहयाेग गर्न अपिल गरेकी थिइन् । कार्यक्रममा गायक संजिब वाइबा, नायिका सुनिता लुङबा, खलनायक विकु थाेकर तामाङ लगायतले मनाेराेञ्जन दिलाउनुका साथै सहयाेग जुटाउँन अा-अाफ्नाे तर्फबाट सहयाेग गरेका थिए ।

 सञ्चारकर्मी सुदिन दाेङ तामाङले सञ्चालन गरेकाे कार्यक्रममा तामाङ बचाउ अभियानका संयोजक रोज दोङ तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेका थिए ।

Comments

comments

SHARE