-जगतमान तामाङ
काठमाडौं– दर्जन भन्दा बढि तामाङ फिल्म खेलेकी नायिका चाँदनी लामा यतिबेला राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा भेटिन्छिन् । उनीसँगै गायक सुसन लामा, फूलकुमार बमजन र ‘नीरफूल’ नायिका शान्ति वाइबा पनि शिल्पीकै गोठाले नाटकघरमा भेटिन्छन् । खुशीको खबर के छ भने यी हस्तीहरुलाई लिएर सोनाम तामाङले नाटक निर्देशन गरिरहेका छन् । कवि, कथाकार एवं नाटककार फूलमान वलले लेखेको नाटक ‘सोनाम ग्याल्मो’मा यी हस्तीहरु देखिन लागेको हो ।

खुशीको खबर के भने मुलुकमै पहिलोपटक ‘तामाङ सेलो नाट्य महोत्सव–२०७५’ हुन गइरहेको छ । बत्तिसपुतली (होटल द्धारिकाको अपोजिट) स्थित शिल्पी थिएटरमै यही असार २, ३ र ४ गते तीनदिन तामाङ सेलो नाट्य महोत्सव हुन लागेको हो । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानसँग मिलेर सेलो फाउण्डेसनले गर्न लागेको यो महोत्सवमा ५ वटा नाटक छानिएको प्रतिष्ठानका प्राज्ञ एवं रंगमंच विभाग प्रमुख पुष्कर गुरुङले बताए ।

यो सँगै जोडिएको अर्को ऐतिहासिक खुशीको खबर के भने मुलुकमै पहिलोपटक ‘तामाङ सेलो नाट्य महोत्सव–२०७५’ हुन गइरहेको छ । बत्तिसपुतली (होटल द्धारिकाको अपोजिट) स्थित शिल्पी थिएटरमै यही असार २, ३ र ४ गते तीनदिन तामाङ सेलो नाट्य महोत्सव हुन लागेको हो । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानसँग मिलेर सेलो फाउण्डेसनले गर्न लागेको यो महोत्सवमा ५ वटा नाटक छानिएको प्रतिष्ठानका प्राज्ञ एवं रंगमंच विभाग प्रमुख पुष्कर गुरुङले बताए ।

छानिएका नाटकहरुमा भाषाविद अमृत योञ्जन तामाङको लेखन तथा निशा पाख्रिन र सन्तोष तामाङको निर्देशन रहेको नाटक ‘स्यालगार’, फूलमान वलको लेखन र सोनाम तामाङको निर्देशन रहेको ‘सोनाम ग्याल्मो’, बसन्त चौधरीको लेखन र शान्ति वाइवाको निर्देशन रहेको कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’, ल्हाप्साङ कर्पो म्युजिकको तर्फबाट रोशन फ्युबाले संयोजन गरेको लोकनाटक ‘ल्हलिमो’, सत्यदेवी काठमाडौं सम्पर्क समाजको तर्फबाट मारमेन वाइबाले संयोजन गरेको लोकनाटक ‘ताचेमा’ (घोडाचडी) छन् ।

भाषाविद योन्जनको नाटकमा तामाङ समुदायको विवाहमा प्रचलित ‘चारदाम’ संस्कृतिमा आधारित छ भने फूलमान वलको ‘सोनाम ग्याल्मो’ जंगबहादुर राणाको मृत्यु सम्बन्धी तामाङ समुदायमा प्रचलित मिथमाथि आधारित छ ।

भाषाविद योन्जनको नाटकमा तामाङ समुदायको विवाहमा प्रचलित ‘चारदाम’ संस्कृतिमा आधारित छ भने फूलमान वलको ‘सोनाम ग्याल्मो’ जंगबहादुर राणाको मृत्यु सम्बन्धी तामाङ समुदायमा प्रचलित मिथमाथि आधारित छ । सर्लाहीको पत्थर घट्टमा जंगबहादुरलाई तामाङ जारले काटेको किम्बदन्तीलाई नाट्य रुपान्तरण गरिएको नाटककार वलले बताए । योञ्जन र बलको दुबै नाटक आधुनिक शैलीमा मंचन गरिने फाउन्डेशनका अध्यक्ष जगत तामाङले जनाए ।

‘ल्हलिमो’ भने लोक नाटक हो । ल्हाप्साङकार्पो क्षेत्र (धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक अर्थात नेत्रावती, बेत्रावती र ईन्द्रावती नदीको मुहान आसपास) को तामाङ समुदायमा परापुर्व कालदेखि नै बिभिन्न पर्वहरुमा प्रदर्शन गर्दै आईरहेको यो लोकनाटक अहिले पनि माघ र फागुनको महिनामा मनाईने छेची पर्वमा प्रदर्शन गर्ने प्रचलन रहेको ‘ल्हलिमो’का संयोजक रोशन फ्युबाले जनाए । ‘छेची पर्वमा यस्तै १० भन्दा बढी तामाङ संस्कार र ईतिहास संग सम्बन्धित लोक नाटकहरु मन्चन हुन्छन्’, चलचित्रकर्मीको रुपमा समेत स्थापित फ्युबाले भने, ‘पहिलो पटक हाम्रै तामाङ समुदाय केन्द्रित गरेर हुन लागेको नाट्य महोत्सवमा ल्हलिमो देखाउने अवसर पाउँदै गर्दा म निकै उत्साहित छु । यसले पश्चिमी तामाङ समुदायको सांस्कृतिक चिनारीलाई अझ नयाँ ढंगले उजागर गर्नेछ ।’

‘ल्हलिमो’ भने लोक नाटक हो । ल्हाप्साङकार्पो क्षेत्र (धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक अर्थात नेत्रावती, बेत्रावती र ईन्द्रावती नदीको मुहान आसपास) को तामाङ समुदायमा परापुर्व कालदेखि नै बिभिन्न पर्वहरुमा प्रदर्शन गर्दै आईरहेको यो लोकनाटक अहिले पनि माघ र फागुनको महिनामा मनाईने छेची पर्वमा प्रदर्शन गर्ने प्रचलन रहेको ‘ल्हलिमो’का संयोजक रोशन फ्युबाले जनाए ।

म्हारमेन वाइवाको संयोजन रहेको लोक नाटक ‘ताचेमा’ पनि ल्हाप्साङकर्पो क्षेत्रकै सांस्कृतिक दस्ताबेज हो । तामाङ समुदायले भोटमा नुनसित चामल साटेको र तिब्बतीहरुसित युद्ध लडेको कथा बोकेको यो लोक नाटक पनि रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा विभिन्न अवसर पारि प्रस्तुत हुँदै आएको छ । महोत्सवको रोचक पक्ष कविता नाटक पनि हुने प्राज्ञ गुरुङले जनाए ।

बसन्त चौधरीको कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’मा नयाँ पुस्ताले आफ्नो संस्कृति र सभ्यताको जरो सम्झेर अघि बढ्न चाहेको सन्दर्भ छ । संस्कृतिको प्रतीकको रुपमा पुर्खा (बुबा र आमा)लाई सम्बोधन गरिएको यो कविता नाटक तामाङ रंगमंचमा नयाँ प्रयोग हुनसक्ने निर्देशक वाइवाले दावी गरिन् । निर्देशकहरु सोनाम तामाङ, निशा पाख्रिन र सन्तोष तामाङले पनि पहिलोपटक हुन लागेको महोत्सवले आफूहरुलाई निकै उत्साहित पारेको बताए ।

महोत्सव अन्र्तगत भाषाविद अमृत योञ्जनले ‘तामाङ रंगमंचको अवस्था’ विषयक कार्यपत्र समेत प्रस्तुत गरिने बताइएको छ । त्यस्तै दुईवटा लोकनाटक माथि भने रोशन फ्युबाले परिचयात्मक पेपर प्रिजेन्टेशन गर्नेछन् । महोत्सवमा तामाङ मौलिक परिकार र पुस्तक प्रदर्शनी समेत गरिने सेलो फाउण्डेसन अध्यक्ष जगत तामाङले जनाए ।

Comments

comments

SHARE