–हिरालाल थिङ तामाङ
नाम्सादिम छोरङान नेपालका संरक्षक, प्राचीन अनुवाद एकमात्री धर्म संघका सचिव तथा समाज सेवी कुमार थोकर तामाङको ३९ औं वर्ष पूरा भएर ४० वर्षमा प्रबेश गरेको अवसरमा धर्मगुरुहरुबाट पूजा पाठ मोन्लम र डोल्मा पढेर जन्मोत्सब भव्य रुपमा मनाएका छन् ।

जन्मोत्सब नाम्सादिम छोरङान नेपाल र प्राचीन अनुवाद एकमात्री धर्म संघ नेपालको संयुक्त आयोजनामा मनाएको हो । जन्मोत्सबमा केक सप्राईज नाम्सादिम छोरङान नेपालका केन्द्रीय सदस्य साङ्मो थोकर तामाङले दिएकी थिइन् ।

कुमार थाेकर तामाङ

राजधानीमा शुक्रबार मनाएको जन्मोत्सबमा तामाङ बौद्ध महासंघका केन्द्रीय अध्यक्ष धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ, आचार्य सर्वजीत गोङबा तामाङ, आचार्य थुप्तेन घिसिङ तामाङ, सेलो गायिक सानू वाइबा तामाङ, प्राचिन अनुवादका उपाध्यक्ष सोनाम थोकर तामाङ, महासचिव खेलबहादुर तामाङ, कोषाध्यक्ष टाशी तामाङ, नाम्सादिम छोरङान नेपालका अध्यक्ष हिरामान बल तामाङ, महासचिव धर्मचन्द्र तामाङ लगायतले उपस्थिति जनाएका थिए ।

तामाङ मेलुङ गाउँपालीका वडा नं. ३ दोलखा जिल्लामा बुवा चित्र बहादुर थोकर तामाङ र आमा स्व. टुल्कुमाया तामाङको कोखबाट जन्मेका हुन् । उनको दुई छोरी सदिक्षा थोकर तामाङ, प्रतिक्षा थोकर तामाङ र श्रीमती पेमा डोल्मा गोले तामाङ बौद्धमा बस्दै आएको तामाङले बताए ।

समाज सेवामा तल्लिन रहेका तामाङ शैलुङ रिगसुम गोन्पा सेवा समाजको महासचिव पदमा रहेर हाल शैलुङ र रामेछापको संगमस्थलमा ५३ फिटको उचाईमा छ्योर्तेन निर्माण गर्नका लागि सक्रिया रुपमा लागि परेका छन् । तामाङले अनाथ बालबालीकालाई पढाउँनुका साथै विभिन्न ठाउँमा दुःख पाएकाहरु र विभिन्न संघसंसथाहरुलाई सहयोग गर्दै आएका छन् ।

शुक्रबार मनाएको जन्मोत्सबमा धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ, आचार्य सर्वजीत गोङ्बा तामाङ, आचार्य थुप्तेन घिसिङ तामाङ, उपाध्यक्ष सोनाम थोकर, गायिका सानू वाइबा, महासचिव धर्मचन्द्र योन्जन लगायतले जन्मदिनको शुभकामना दिएका छन् ।

नाम्सादिम छोरङान नेपालका अध्यक्ष हिरामान बल तामाङले जन्मदिनको शुभकामना दिँदै कार्यक्रममा उपस्थित हुने धर्मगुरुहरु र संघसंस्थाका प्रतिनिधिहरुलाई धनयवाद दिएका थिए ।

Comments

comments

SHARE