-नाम्सादिम संवाददाता

‘सेर्कु’ तामाङ कथानक चलचित्रको दुई वटा गीतको भिडियो विहीबार युट्युवमा सार्वजनिक गरेको छ । भिडियोको सार्वजनिक राजधानीमा पत्रकार सम्मेलन गरेर गरेको हो ।

उक्त चलचित्रको निर्देशन राजकुमार तामाङले गरेका छन् । उनले यस अघि पनि ‘सेम तब म्हि’ तामाङ कथानक चलचित्रको निर्देशन गरेका थिए ।

सार्वजनिक गरेको डम्फुरे गीतको संगीत आर बि तामाङले गरेको छ भने शब्द जीवन बोम्जनको रहेको छ । गीतमा जितु लोप्चन तामाङ र अमृत लामा तामाङको स्वर रहेको छ ।

चलचित्रको कथा/ पटकथा/ संवाद ऋतुराज पाख्रिन तामाङको हो भने छायांकन तथा सम्पादन रोशन फ्युवा तामाङले गरेका छन् ।

Comments

comments

SHARE