-धर्मचन्द्र योञ्जन तामाङ

काठमाडौ / नाम्सादिम । सिन्धुपाल्चोक जिल्ला ठूलोधादिङमा जन्मिएकी फुर्साङ योञ्जन तामाङ मोडलिङ क्षेत्रमा देखापरेकी छिन् । सामाजिक संस्था नाम्सादिम छोरङान नेपालमा सचिवको हैसियतमा काम गररिहेकी फुर्साङ आङीला झामे बोलको तामाङ लोक सेलोमा अभिनय गर्दै मोडलिङमा देखिएकी हुन् ।

सुवास लामाको लय र शब्द रहेको आङीला झामेमा सुवास लामा र सपना लामाको स्वर रहेको छ । नोर्वु शेर्पाद्वारा म्युजिक एरेञ्ज गरिएको उक्त सेलोमा फुर्साङ योञ्जन तामाङ र खेम मोक्तानको दमदार अभनिय रहेको छ ।

खेम मोक्तानको निर्देशनमा छायांकन गरिएको सेलो गीत दिपेन्द्र भट्टले सम्पादन गरेका हुन् । यसभन्दा अघि एउटा राष्ट्रिय गीतमा मोडलिङ गरिसकेकी फुर्साङले यो आफ्नो अभनिय रहेको दोस्रो गीत भएको बताइन् ।

उनि भन्छिन् — अध्ययन, समाज सेवा, र अभिनय कलालाई संगसंगै लैजानु कठिन कार्य हो तर पनि संगै लैजाने प्रयास गरिहेकी छु ।

Comments

comments

SHARE