-नाम्सादिम संवाददाता

तामाङ कथानक चलचित्र ‘घ्रान’ यही साउन ५ गते राष्ट्रिय नाचघरमा च्यारेटी शो गर्ने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर निर्माता राम घिसिङ तामाङले उक्त जानकारी दिएको हो ।

सम्मेलनमा चलचित्रको प्रोमो समेत सार्वजनिक गरेको थियो । तामाङ कथानक चलचित्र घ्रानमा सागर घिसिङ, सुकु मोक्तान, शुष्मा मोक्तान, राम घिसिङ, सुनिता तामाङ, शम्भु घिसिङ तामाङ लगायतले अभिनय गरेका छन् ।

मोक्तान फिल्म् प्रा. लि. को व्यानरमा निर्माण भएकाे चलचित्रमा निर्देशन जनक गुरुङले गरेको छ भने छायांकन सम्पादन जिग्मे मिडियाले गरेको र्सुय लामा तामाङले नाम्सादिमलाई जानकारी दिएका थिए ।

Comments

comments

SHARE