–नाम्सादिम संवाददाता
शैलुङमा निर्माणाधीन बोधीचैत्य झ्याङछ्युब छ्योर्तेनका लागि अमेरिकाबाट लामा लकमान तामाङको संयोजनमा संकलन गरेको रकम शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव कुमार थोकरलाई हस्तान्तरण गरिएको छ ।

संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया, पेन्सिलभेनियाबाट पठाएको उक्त रकम सोमबार ने. रु. ६५ हजार दुई सय सत्तरी रुपैया थोकरलाई हस्तान्तरण गरिएको हो ।

दोलखा र रामेछाप जिल्लाको संगम स्थल शैलुङ डाँडामा निर्माण गर्दै गरेको झ्याङछ्युब छ्योर्तेन निर्माण सम्पन्न गराउनका लागि सहयोग गरेको लकमान तामाङले नाम्सादिमलाई बताए । यस्तो पुण्य कार्यमा सहयोग गर्न पाएकोमा आफुले आफैलाई भाग्यमानी ठानेको तामाङले नाम्सादिमलाई बताए । छ्योर्तेनको लागि तामाङको संयोजनमा यस अघि पनि एक लाख एक हजार सर्चालिस रुपैयाँ सहयोग गरेका थिए ।

निर्माणाधीन छ्योर्तेन श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षेज्यूको सदिक्षा अनुरुप निर्माण कार्य शुरु गरेको समाजका कोषाध्यक्ष डम्बर बहादुर मोक्तान तामाङले नाम्सादिमलाई बताएका थिए ।

अमेरिकाबाट सहयोग गर्नेहरुको नाम यस प्रकार रहेको छ ।

१. धनमाया वाइबा तामाङ र (२) वीर्जामान घिसिङ तामाङ २४० डलर
३. सुक डोल्मा योञ्जन तामाङ २० डलर
४. सञ्ज तामाङ २५० डलर
५. जय स्याङबा तामाङ २० डलर
६. मनमाया गुरुङ २० डलर
७. राम बहादुर योञ्जन तामाङ २० डलर
८. अर्सा मोक्तान तामाङ ४० डलर

Comments

comments

SHARE