काठमाडौं/नाम्सादिम । सागा दावाको अवसरमा नाम्सादिमले जेष्ठ ७ बाट शुरु गरेको जुस तथा पानी वितरण कार्यक्रम मंगलबार साँझ दीप प्रज्वलन गरी सम्पन्न गरेको छ ।

नेपाल बौद्ध महासंघका अध्यक्ष धर्मगुरु आचार्य कर्म ह्रिन्जेन शेर्पा, आचार्य थुप्तेन घिसिङ, सुन्दर योञ्जन, नोर्बु नाम्ग्याल, ठिन्ले ग्याल्छेन, ह्राङडुल दोर्जे, पासाङ दोर्जे, छिरिङ र्नोर्बु लगायतका लामागुरुहरुको उपस्थितिमा दीप प्रज्वलन गरी मोन्लम पाठ गरिएको थियो ।

विश्वमा शान्ति, सद्धभाव साथै सम्पुर्ण प्राणी जगतको हितार्थ दीप प्रज्वलन गरिएको नाम्सादिम छोरङान नेपालका अध्यक्ष हिरामान बल तामाङले बताए । सागा दावाजस्तो पवित्र समयमा बोधी चैत्य कोरा(परिक्रमा) गरी छ्याग, म्हारमेन नाङसाल (दीप) प्रज्वलन, म्हाणी मोन्लम गर्नाले कल्पौ कल्पसम्मको पाप नष्ट हुने मत रहेको तामाङ बताउँछन् ।

कोरा गर्न आउँने र अन्य दर्शनार्थीहरुको लागि दैनिक ४८ देखि ५२ वटा जार पिउँने पानी तथा २ काटुन ट्याङ जुस वितरण गरिएको संस्थाका महासचिव धर्मचन्द्र योञ्जन तामाङले बताएका छन् ।

उक्त कार्यक्रममा जुस, ग्लुकोज, पानी, म्हारमेन नाङसाल (दीप) प्रज्वलन समेतको लागि अनुमानित ७० हजार रुपैयाँ लागेको संस्थाका सदस्य रोज बहादुर तामाङले बताए । यस पवित्र महिनामा यसरी जुस, ग्लुकोज पानी वितरण गर्न पाउँदा धेरै खुशी लागेको बताउँछिन् — संस्थाकी सह—सचिव फुर्साङ योञ्जन तामाङ । यस्तै संस्थाका उपाध्यक्ष अनिता मोक्तान तामाङले सागा दावाको समयमा छ्याग र कोरा गर्न आउँने धर्ममित्रहरुलाई सहज होस भनेर जुस, पानी वितरण गरेको बताइन् । संस्थाका सदस्य साङ्मो थोकर तामाङले आफ्नै संस्थाले आयोजना गरेको कार्यक्रममा आफू विदेशमा भएकै कारण उपस्थित हुन नसके पनि ९ दिनसम्मको कार्यक्रम सफल भएकोमा खुशी लागेकी बताइन् । संस्थाका संरक्षक कुमार थोकर तामाङ, प्राचीन अनुवाद एक मात्री गुरु संघ नेपालका उपाध्यक्ष सोनाम थोकर तामाङ, सदस्य राजु तामाङ, तुल बहादुर तामाङ, सोनी मोक्तान, किरण मोक्तान, राजिव मोक्तान, स्हेरसाङ तामाङ, शान्ति तामाङ, मिनु तामाङ लगायतका सहयोगी तथा सहभागिहरुको उपस्थिति थियो ।

निःशुल्क जुस, ग्लुकोज, पानी तथा दीप प्रज्वलन गर्नका निमित्त देश–देशावरबाट आर्थिक, भौतिक एवं नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई विशेष धन्यवाद दिँदै संस्थाका अध्यक्ष तामाङले कार्यक्रम समापन भएको घोषणा गरका थिए ।

Comments

comments

SHARE