-नाम्सादिम संवाददाता
राजधानीमा शनिबार धर्मगुरु श्रद्धेय टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे तामाङ ज्यू,ले बज्र गुरूको विषयमा प्रवच दिनुभएको छ । धर्मगुरुले प्रवचनकाे क्रममा कार्यक्रममा सहभागिहरूलार्इ बज्र गुरू र सागादावाको विषयमा पनि प्रष्ट पार्नुभएकाे थियाे । साथै रिन्पाेक्षेले सागादावाकाे समयमा कोरा गर्ने, म्हारमेने नाङसाल (बत्ति) बाल्ने वा छ्याग गर्नले कल्पऔं–कल्पको पाप नष्ट हुने बताउनुभयो ।

न्युने बस्ने, माछा मासु प्रयोग नगर्ने र म्हारमेन नाङसाल (बत्ति) बाल्ने गरेमा सबै प्राणीहरुको लागि धेरै राम्रो हुने पनि उहाँले बताउँनु भयो । 

कार्यक्रम प्राचीन अनुवाद एकमात्री गुरु संघ नेपालले आयोजना गरेको हो । कार्यक्रममा तामाङ बाैद्ध महासंघका अध्यक्ष धर्म गुरू खेन रिन्पाेक्षे गेशे ङिमा तामाङ, नेपाल बौद्ध महासंघका महासचिव धर्मगुरु खेन्बो कमल भण्डारी, धर्मगुरु आचार्य थुप्तेन घिसिङ तामाङ, कोशिस लोब्साङ तामाङ लगायतले उपस्थिति जनाउनु भएको थियो ।

बज्र गुरूकाे विषयमा धेरै भन्दा धेरैलाई जानकारी गराउँने उद्देश्यले पहिलाे पटक यस्योताे कार्यक्रम आयोजना गरेको संस्थाका उपाध्यक्ष सोनाम थोकर तामाङले बताउनु भयो । सभापति संस्थाका अध्यक्ष टासी लामा तामाङ रहेको कार्यक्रमकाे संचालन भने महासचिव खेल बहादुर तामाङले गरेका थिए ।

Comments

comments

SHARE