–सन्चु ब्लोन तामाङ
प्रदेश नम्बर तीनको नामाकरण नेवा–ताम्सालिङ राखिनुपर्नेमा आदिवासी नेताहरुले जोड दिएका छन् । नेवा–ताम्सालिङ समन्वय समितीले शुक्रबार ललितपुरमा गरेको सम्वाद कार्यक्रममा मल्ल.के सुन्दर, पर्शुराम तामाङ, नरेश ताम्राकार लगायतले प्रदेश ३ को नाम नेवा–ताम्सालिङ नै हुनुपर्नेमा जोड दिएका हुन् ।

नेवार र तामाङ जातिको ऐतिहासिक भूमि, बिगतका उत्पिडन तथा जातिय जनसंख्याको बाहुल्यताका आधारमा ३ नम्बर प्रदेश नेवा–ताम्सालिङ सुनिश्चित नभए आन्दोलनको विकल्प नरहेको अगुवा नेता मल्लके सुन्दर बताए ।

यसैगरि नेता परशुराम तामाङले नेवा–ताम्सालिङको विल्कपमा आएको नामाकरण स्विकार गर्न नसकिने बताए ।
नेवादय दवुका अध्यक्ष नरेश ताम्राकारले प्रदेशको नामाकारण, प्रदेश ३ को सरकारी कामकाजीको भाषा, राजधानी लगायत विषयमा तामाङ र नेवार एक भएर आन्दोलनको तयारी गरिरहेको नाम्सादिमलाई जानकारी दिए ।

Comments

comments

SHARE