–नाम्सादिम संवाददाता
शैलुङमा निर्माणाधीन बोधीचैत्य झ्याङछ्युब छ्योर्तेनका लागि अमेरिकाबाट लामा लकमान तामाङको संयोजनमा संकलन गरेको रकम शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव कुमार थोकरलाई हस्तान्तरण गरिएको छ ।

संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया, पेन्सिलभेनियाबाट पठाएको उक्त रकम बिहीबार ने. रु. एक लाख एक हजार सर्चालिस रुपैया थोकरलाई हस्तान्तरण गरिएको हो ।

दोलखा र रामेछाप जिल्लाको संगम स्थल शैलुङ डाँडामा निर्माण गर्दै गरेको झ्याङछ्युब छ्योर्तेन निर्माण सम्पन्न गराउनका लागि सहयोग गरेको लकमान तामाङले नाम्सादिमलाई बताए । यस्तो पुण्य कार्यमा सहयोग गर्न पाएकोमा आफुले आफैलाई भाग्यमानी ठानेको तामाङले नाम्सादिमलाई बताए ।

निर्माणाधीन छ्योर्तेन श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षेज्यूको सदिक्षा अनुरुप निर्माण कार्य शुरु गरेको समाजका कोषाध्यक्ष डम्बर बहादुर मोक्तान तामाङले नाम्सादिमलाई बताएका थिए ।

अमेरिकाबाट सहयोग गर्नेहरुको नाम यस प्रकार रहेको छ ।
१. लामा लकमान तामाङ २०० डलर
२. म्हानिपा सङ्ग कोश २०० डलर
३. बुद्ध सिं तामाङ १० डलर
४. अइता सिं तामाङ ४० डलर
५. भिम बहादुर तामाङ ४० डलर
६. सोनाम सिं तामाङ २५ डलर
७. चन्द्रमाया गुरुङ ९१ डलर
८. धनमाया तामाङ ५ डलर
९. अर्जुन सुब्बा २० डलर
१०. बागवीर तामाङ २० डलर
११. सुकवीर तामाङ ३० डलर
१२. शेर बहादुर तामाङ २५ डलर
१३. पासाङ सिं तामाङ २० डलर
१४. पासाङ योञ्जन तामाङ २० डलर
१५. करमति तामाङ २० डलर
१६. सनमाया योञ्जन तामाङ ७० डलर
१७. गकुल सिं तामाङ ३५ डलर
१८. बहादुर तामाङ २० डलर
१९. निमा डोल्मा तामाङ ५० डलर
२०. पिन्छेन तामाङ १० डलर

Comments

comments

SHARE