-नाम्सादिम संवाददाता/न्युयाेर्क
अधिकारकर्मी बिनिता तामाङ न्युयोर्क सिटी काउन्सिलबाट हालै सम्मानीत भएकी छिन् । न्युयोर्कको क्विन्समा आयोजित साउथ एशियन हेरिटेज सेलेब्रेशन कार्यक्रममा काउन्सिल मेम्बर कोस्ता कोन्स्तान्तिनिदेसले सम्मानपत्र प्रदान गरे ।

महिला तथा बालबालिकाको अधिकार क्षेत्रमा लामो समय नेपालमा काम गरेकी तामाङलाई अमेरिकामा नेपाली समुदायको अगुवाको रुपमा सम्मान गरेको सम्मानपत्रमा उल्लेख गरिएको छ ।

बिभिन्न क्षेत्रमा योगदान दिएका दक्षिण एशियाका अन्य केहि ब्यक्तीहरु सहित तामाङलाई सम्मान गरिएको हो ।

यो सम्मान पाउँदा खुशीसँगै जिम्मेवारी पनि थपेको महसुस भएको बताउँदै तामाङ भन्छिन् ‘समुदायमा काम गर्न उत्साह र जिम्मेवारी दुईटै थपिएको छ ।’ अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका महिला र युवाहरुलाई अमेरिकी मुलधारका बिभिन्न क्षेत्रमा नेतृत्वकारी सहभागिता बढाउँन अगामी दिनमा आफू अझ थप क्रियाशील रहने उनले बताईन् ।

गत बर्षको नेपाल डे परेड आयोजक मध्येकी स्टेरिङ कमिटी सदस्य तामाङले यसको सफल्ताको लागि उल्लेख्या भुमिका निर्वाह गरेकी थिईन् ।

Comments

comments

SHARE