-राजु लो तामाङ, सर्लाही
बैशाख २९ शनिबार/ सर्लाहीको हरिवनमा ३ दिने स्वयंसेवक नेतृत्व सम्बन्धी तालिम शुरु भएको छ । फेमिली पिस एसोसियसनको आयोजनामा हरिवन स्थित सम्राट होटलमा शनिबारदेखि तालिम शुरु गरेकाे हाे ।

तालिममा उत्तरी क्षेत्रका विभिन्न नगरपालिकाका ५०/६० जना यूवा युवतीहरुको सहभागिता रहेको थियाे । उनीहरुलाई सोही संस्थाकी गंगा वनले प्रशिक्षण दिई रहनु भएको छ। तालिममा एफपिए सर्लाहीका संयोजक शेर वहादुर योन्जन, सोही संस्थाकी सदस्य सोनु कुमारी बोम्जन लगायतको उपस्थिती रहेका थिए ।

तालिममा यूवाहरुलाई वृहत हितका लागि जिउने तरिका, सामुहिक सहकार्य लगायतका विषयमा तालिम सञ्चालन गरिरहेकाे छ । सुन्दर परिवार अनि सुन्दर समाज निर्माणका लागि यूवाहरुमा सकारात्मक सोच र सामुहिक नेतृत्वको विकास गर्ने उदेश्यले सो संस्थाले विभिन्न जिल्लामा पुगेर युवाहरुलाई यसरी नै तालिम दिने गरेको तालिमकी प्रशिक्षक सिर्जना मैनालीले जानकारी बताइन् ।

Comments

comments

SHARE