–हिरामान बल तामाङ
तामाङ समुदायको पहिलो पूज्यनीय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे तामाङ ज्यूको ४८ औं जन्मोत्सव भव्य रुपमा मनाएका छन् । बिहीबार बौद्धको तिनचुली स्थित रिन्पोक्षे ज्यूकै गोन्पो नाम्ग्याल झ्याङछ्युब छ्योलिङ गोन्पामा जन्मोत्सव मनाएका हुन् ।

पूज्यनीय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे तामाङ ज्यू सन् १९७० बैशाख २७ गते बुवा दल बहादुर तामाङ र आमा मनमाया तामाङको कोखबाट जन्मिएका हुन् । उहाँको जन्म स्थान ओखलढुङ्गा जिल्ला रानीवन गाविस मोहरियामा हो ।

श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे तामाङ ज्यू सानाे बेलामा ।

उहाँ पूर्वजन्ममा स्वयम्भू पुरानो ध्याङ गुठी डुब्खाङ छ्योलिङ गोन्पाको प्रमुख लामाको रुपमा हुनुहुन्थ्यो । त्यतिबेला उहाँलाई महासिद्धि माइलाकाजी लामा नामबाट चिनिन्थ्यो । उहाँलाई सन् १९७६ मार्च १० तारिखमा कान्यिङ शेडुब्लिङ (सेतो गोन्पा) बौद्धमा वाङ (अभिषेक) कार्यक्रममा आउँनु भएका १६ औं ग्याल्वा कर्मपाद्धारा रिन्पोक्षेज्यू माइलाकाजी लामाको अवतारी भएको प्रमाणित गर्नुभएको थियो ।

श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे तामाङ ज्यु अामा मनमाया तामाङसंग ।
यस्तै रिन्पोक्षे ज्यूर्लाइ सन् २०१० अगस्त ५ मा परमपूज्य ग्याल्वा तेन्जिङ ग्याछो १४ औं दलाई लामाद्धारा पनि महासिद्धि योगी माइलाकाजीको पूर्वजन्म भएको प्रमाणित गर्नुभएको थियो ।
केक काट्नुहुँदै रिन्पाेक्षे ज्यू ।

रिन्पोक्षे ज्यूको जन्मोत्सवमा विहीबार आयू अविषेक पूजा, मोन्लम, मण्डल अर्पण तथा बौद्ध परिसरमा दीप प्रज्ज्वलन गरेर सम्पन्न गरेको थियो । जन्मोत्सवमा धर्मगुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ, आचार्य कर्म ह्रेन्जेन शेर्पा, आचार्य सर्वजीत गोङबो तामाङ, आचार्य थुप्तेन घिसिङ तामाङ, आचार्य बुद्ध घिसिङ तामाङ, आचार्य टासी लामा, शैलुङ रिगसुम गोन्पा सेवा समाजका महासचिव कुमार थोकर तामाङ लगायत अन्य धर्मगुरुहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तामाङ लगायत विभिन्न समुदायका भक्तजनहरुको पनि बक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कृष्णकुमार लामाले रिन्पोक्षे ज्यूको विषयमा छोटो चर्चा गरेका थिए ।

Comments

comments

SHARE