–नाम्सादिम संवाददाता
तामाङ समुदायको पहिलो श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे तामाङ ज्युको ४८ औं जन्मोत्सव यही बैशाख २७ गते मनाउँने भएको छ । उत्सव धर्म प्रवचन, दीप प्रज्ज्वलन तथा मोन्लम पाठ गरेर मनाउँने भएको छ ।

बिहीबार बिहान कपन गोन्पामा पूजापाठ, खाण्डोमा नृत्य, मण्डल अर्पण तथा तेन्शुग चढाउँनुका साथै रिन्पोक्षे ज्युलाई शुभकामन दिने कार्यक्रम रहेको छ ।

श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे तामाङ ज्यु शैलुङकाे पुरानाे छ्याेर्तेनमा ।

रिन्पोक्षेको जन्मोत्सवमा उपस्थित हुनाका लागि विभिन्न संघ संस्था र व्यक्तिलाई निमन्त्रणा गरिसकेको गोन्पाले नाम्सादिमलाई जानकारी दिएको छ ।

 गोन्पामा दर्शण तथा पूजा पाठ सकेपछि बेलुकी बौद्ध परिसरमा दीप प्रज्ज्वलन कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Comments

comments

SHARE