-धर्मचन्द्र याेञ्जन तामाङ
काठमाडौं । पर्यटकीय स्थल शैलुङमा निर्माणाधीन बोधीचैत्य झ्याङछुव छयोर्तेन निर्माणका लागि सहयोग स्वरुप प्रवासमा रहनुहुने सहयोगी मनहरुले सहयोग गर्नुभएको छ ।

शैलुङ रिगसुम गोन्पो सेवा समाजका संरक्षक समेत रहनु भएका धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षेको सदिक्षा अनुरुप निर्माण भइरहेको बोधीचैत्य झ्याङछुव छयोर्तेन निर्माणका लागि सहयोगी हातहरुले जुटाइदिनु भएको सहयोग रकम ने. रु. ७२ हजार ९० रहेको जानकारी नाम्सादिमलाई दिइएको छ ।

नाम्सादिम छोरङान नेपालकी केन्द्रीय सदस्य एवम् तामाङ घेदुङ साइप्रसकी वरिष्ठ उपाध्यक्ष साङ्मो थोकर तामाङको संयोजनमा विभिन्न देशमा पेशा–व्यवसाय गरिहनुभएका सहयोगी हातहरुले पठाउनु भएको रकम नाम्सादिम छोरङान नेपालका अध्यक्ष एवम् अनलाइन पत्रिका नाम्सादिमका सम्पादक हिरामान बल तामाङले शैलुङ रिग्सुम गोन्पो सेवा समाजका महासचिव कुमार थोकर तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।

नाम्सादिम छोरङान नेपालका केन्द्रीय सदस्य रोज बहादुर मोक्तान लगायतका अन्य महानुभावहरुको उपस्थितीमा रकम हस्तान्तरण गरिएको थियो ।

सहयोगी हातहरुको नामावली यसप्रकार रहेको छ ।
अध्यक्ष, नेपाल तामाङ घेदुङ साइप्रस, नानु गोम्जा तामाङ  रु. ५,५००
उपाध्यक्ष, नेपाल तामाङ घेदुङ साइप्रस, शरु लोप्चन तामाङ  रु, ५,५००
महासचिव, नेपाल तामाङ घेदुङ साइप्रस, माया लोप्चन तामाङ रु, ५,५००
सक्रिय सदस्य, नेपाल तामाङ घेदुङ साइप्रस, सुनिला दोङ तामाङ रु, ५,५००
सदस्य,नेपाल तामाङ घेदुङ साइप्रस, साहारा लोप्चन तामाङ रु, ५,५००
नाम्सादिम छोरङान नेपालकी केन्द्रीय सदस्य एवम् वरिष्ठ उपाध्यक्ष तामाङ घेदुङ साइप्रस
साङमाे थोकर तामाङ रु, २९,५९०
सिम्रन मोक्तान तामाङ कुवेत रु, ५,०००
रुपा पाख्रीन तामाङ युएर्इ, ५,०००
सचिव, नेपाल तामाङ घेदुङ इजरायल, रोजी मोक्तान तामाङ रु, ५,०००

Comments

comments

SHARE