काठमाडौं/ तामाङ विद्यार्थीहरुको लागि नेपाल तामाङ घेदुङ इजरायलले शैक्षिक अक्षय कोष खडा गरेको छ । संस्थाले घेदुङद्वारा सञ्चालित घेदुङ बहुउद्देश्यीय सहकारी संस्थामा ५ लाखको अक्षय कोष खडा गरेको हो ।

तामाङ विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा थप अभिप्रेरित गर्ने उद्देश्यले सहयोग पु¥याउन शैक्षिक अक्षय कोष खडा गरिएको इजरायल घेदुङका अध्यक्ष माया तामाङ (दिप्मा) ले बताइन । आर्थिक रुपमा विपन्न, जेहेन्दार, द्वन्द्व पीडित, टुहुरा, रोजगारीको सिलसिलामा प्रवासमा ज्यान गुमाएका ब्यक्तिको छोराछोरी तथा दैवी प्रकोपबाट पीडित बालबालिकाहरुलाई सहयोग पु¥याउने कार्यविधिमा उल्लेख छ ।

स्थापना कालदेखि नै घेदुङ केन्द्रसँग निकट रहेर तामाङको हरेक समस्यासंग सहकार्य गर्दै आइरहेको इजरायल घेदुङले शैक्षिक सहयोग अक्षय कोष खडा गरेकोमा नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले तामाङले संस्थालाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।

शिक्षा क्षेत्रमा तामाङ समुदायलाई अघि बढाउन लामो समयदेखि प्रयत्न गर्दै आएपनि ठोस काम गर्न सकिरहेका थिएनौ, अध्यक्ष गोलेले भने– इजरायल घेदुङले पहिलोपटक यो शैक्षिक कोष खडा गरेर उदाहरणीय काम गरेको छ । उहाँले यस खालको काममा स्वदेश, विदेशका सबै ब्यक्ति, संस्थाहरु एकजुट भएर लाग्ने हो भने तामाङ समुदायमा परिवर्तन ल्याउन हामी आफै सक्षम हुने बताए ।

Comments

comments

SHARE