मलेसिया /अाईतबार क्वलालाम्पुर मलेसियामा नेपाल अादिवासी जनजाति पत्रकार महासंघ शाखा (फोनिज) गठन भएको छ। क्वलालाम्पुर स्थित होटल द फाईभ ईलेमेन्टको सभाहलमा सुनाखरी मगरको अध्यक्ष्तामा उपाध्यक्ष दिप खादि लिम्बू, सचिव अार एन चौधरी थारु, सहसचिव ईसा राना, कोषाध्यक्षमा अर्पण मगर “बुद्ध” सदस्यहरूमा पासाङ तामाङ ,सविन राई, सोनम नोर्वु तामाङ, संतोष योञ्जन ,बेघ अाले मगर रहेका छन् ।

यस्तै सल्लाहकारमा पत्रकार बिपेन राई , बिपेन उलंघे र व्यवसायी दिल कुमार केरुङ सहित ११ सदस्यीय समिति चयन गरेकाे छ । अधिवेशन अवधिमा मलेसियामा लामो समय देखि पत्रकारिता गरिरहेका पत्रकार अार सि गिरी, व्यवसायी दिल कुमार केरुङ, ईन्द्र लिम्बू , नेपाल अादिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पिटी सेर्पा (पिनासा) शुभकामना मन्तव्यराखेका थिए ।

अधिवेशन सम्पन्न गराउनका लागि एभरेस्ट किचन रेस्टुरेन्ट, परदेशी रेस्टुरेन्ट, मण्डला रेस्टुरेन्ट , लोजिना रेस्टुरेन्ट ,काठमाडौं रेस्टुरेन्ट लगायतका संस्थाहरूले सहयाेग गरेका थिए ।  यसै कार्यक्रम बिच पत्रकार तथा लेखक देबेन्द्र खापुङको कृति “मलेसियामा नेपाली साहित्य” भन्ने पुस्तक पनि विमाेचन गरेकाे छ ।  लामो समय सम्म मलेसियाको बसाई पश्चात् स्वदेश फर्किएका खापुङले मलेसियामा रहदा खोजअनुसन्धान गरि त्यहका यथास्थिति ,नेपालीहरूको अवस्थालार्इ समेटेकाे बताएका थिए ।

Comments

comments

SHARE