-धर्मचन्द्र योञ्जन तामाङ
यम्बु । नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो शब्द र स्वर पस्किरहेकी सृजना हुमागाईले पहिलो पटक तामाङ भाषाको गीत गाएकी छिन् । सर्वप्रथम चुनावाला सुर्ती बोलको काठे लोकदोहोरीबाट गायन क्षेत्रमा पाइला चालेकी हुमागाईले चेलीको व्यथा, नक्कली कान्छी, डम्फुको तालमा र गाउँमै हुन्छ मन लगायतका लोक गीतहरुमा स्वर भरेकी छिन् ।

५० सालमा काभ्रेपलाञ्चोक जिल्लाको बुढाखानीमा जन्मिएकी हुमागाईले यसभन्दा अघि डम्फुको तालमा बोलको तामाङ सेलो गाएकी थिइन् । कल्पला ह्वाअी उनले स्वर भरेको पहिलो तामाङ भाषाको गीत हो । धिरज गोले तामाङको शब्द र लय रहेको कल्पला ह्वाअी मा पुरुष स्वर धिरज गोलेको रहेको छ भने महिला तर्फ सृजना हुमागाईको रहेको छ ।

लोकदोहोरी र तामाङ दोहोरी गाउँदा केही फरक अनुभव गर्नुभयो ? भन्ने नाम्सादिमको प्रश्नमा दुवै भाषामा आफ्नो दख्खल राम्रो भएको हुँदा खासै फरक अनुभव नभएको हुमागाई बताउँछिन् । उनी भन्छिन् – म जसरी लोकदोहोरी गाउँछु त्यसरी नै तामाङ जुहारी खेल्ने या गाउँने क्षमता राख्छु ।

तिर्खा छ मनभरी बोलको लोकदोहोरी गीत छिट्टै बजारमा ल्याउने तयारी भइरहेको बताइएको छ । उक्त गीतमा लय, शब्द र स्वर समेत हुमागाईले दिएकी छिन् भने सरोज लामिछानेले उनलाई साथ दिएका छन् । डम्फुको तालमा जसरी सुमधुर स्वर पस्किनु भएको थियो त्यही अनुरुप कल्पला ह्वाअी मा पनि वहाँको स्वर तामाङ श्रोताले चाहेकै स्वादमा रहेको विभिन्न जिल्लाबाट श्रोताहरुले प्रतक्रिया दिएका छन् ।

नाम्सादिमसँगको कुराकानीकै क्रममा हुमागाईले आफ्नो सम्पूर्ण सफलताको श्रेय दर्शक तथा श्रोताहरुकै माया रहेको बताएकी छिन् । कल्पला ह्वाअी सुनेर प्रतिक्रिया दिन दर्शक तथा श्रोताहरुसँग हुमागाईको आग्रह छ ।

Comments

comments

SHARE