-धर्मचन्द्र योञ्जन तामाङ
रूपन्देही/नाम्सादिम । लुम्बिनी विश्वविद्यालयबाट पहिलो पटक १०७ विद्यार्थी दीक्षित भएका छन् । १५ जना विद्यावारिधि र ९१ जना स्नातकोत्तर तहका विद्यार्थीहरू उक्त विश्वविद्यालयबाट दीक्षित गरेका भएको हुन् भने एकजना भारतीय विद्यार्थी रहेको लुम्बिनी विश्वविद्यालयले जानकारी दिएको छ ।

दीक्षान्त समारोहमा रञ्जन भक्तानन्द बज्राचार्य स्वर्णपदकबाट लुम्बिनी कलेज अफ बुद्धिजम एण्ड हिमालयन स्टडिजबाट स्नातकोत्तर तहमा बुद्धिजम एण्ड हिमालयन स्टडिज विषयमा प्रथम श्रेणीमा प्रथम भएका रामकुमार तामाङ पुरस्कृत भए भने उनलाई रू पचास हजारको साल्ट ट्रेडिङ कर्पोरेशन नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।

सोही दीक्षान्त समारोहमा तामाङ समुदायका अग्रज व्यक्तित्व मोहन कुमार तामाङ पनि दीक्षित हुनुभएको थियो । उहाँले सन् २०१५ मा बुद्धिजम एण्ड हिमालयन स्टडिज विषयमा स्नातकोत्तर गर्नु भएको हो भने उहाँको यो तेस्रो स्नातकोत्तर उपाधि हो । त्यसैगरी बौद्ध बहुमुखी क्याम्पस, बौद्धबाट बुद्धिजम एण्ड पिस स्टडिजमा स्नातकोत्तर कृष्ण कुमार लामा र लुम्बिनी कलेज अफ बुद्धिजम एण्ड हिमालयन स्टडिजबाट बुद्धिजम एण्ड हिमालयन स्टडिज विषयमा स्नातकोत्तर गरेका रूद्र बहादुर बस्नेत पनि दीक्षित भए ।

रु ५०/५० हजारको शारदा बज्राचार्य स्मृति पुरस्कार भने माणिक रत्न शाक्य र अजयक्रान्ति शाक्यले हात पारेका थिए । अजयक्रान्ति शाक्यले कान्तिपुरका वही शाक्यहरूको संस्कृतिः एक अध्ययन विषयमा ०७१ मा विद्यावारिधि गरेका थिए भने माणिक रत्न शाक्यले थ्योरी एण्ड प्राक्टिस अफ रत्न इन बुद्धिजम विथ स्पेसियल रेफरेन्स टु नेवार बुद्धिज मा ०७४ मा विद्यावारिधि गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलपतिको हैसियतमा अध्यक्षता भएको सो दीक्षान्त समारोहमा बौद्ध विज्ञान बुद्धिष्ट एण्ड पाली युनिभर्सिटी अफ श्रीलंकाका उपकुलपति भिक्षु प्राध्यापक डा गल्ल्याले दीक्षान्तर मन्तव्य दिनुभएको थियो । आंगिक क्याम्पस एक तथा सम्बन्धनप्राप्त क्याम्पस नौवटा रहेको लुम्बिनी विश्वविद्यालयले श्रीलंकाको एउटा बौद्ध विश्वविद्यालयलाई सम्बन्धन दिन पत्राचार भएको त्यस विषयमा विश्वविद्यालयले अवश्यक कदम चाल्ने विश्वविद्यालयका रजिष्टार तीलक आचार्यले जानकारी दिए ।

“बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि रचनात्मक काम गर्न चाहन्छौँ,” आचार्यले भने बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन गर्नेहरू दिनानुदिन बढिरहेको पनि छ ।

Comments

comments

SHARE