न्युयोर्क/अमेरिकाकाे न्ययोर्कमा सम्पन्न भएको कराते प्रतियोगितामा नेपालबाट बिमला तामाडले स्वर्ण पदक हात पारेकी छिन् । २३ औ हिराल्ड़ोकाई बार्षिक शोतोकान शोबुकान अन्तरराष्ट्रिय कराते कप नामक प्रतियोगितामा तामाङ प्रथम भएकी हुन् ।

न्युयोर्कको योल्मोर सेन्टरमा भएको उक्त प्रतियोगितामा अमेरिका, नेपाल प्युरोटीका, इक्वेडर, मेक्सीको र डोमेनीक गणतन्त्रका ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेका थिए । डब्लुकेएफ रेफ्रि रिमोन हिरोल्डोको प्रमुख निर्देशनमा सम्पन्न प्रतियोगितामा पान अमेरिकी कराते महासंघ तथा अमेरिकी कराते महासंघ अन्तरगतका ४० भन्दा बढी रेफ्रि तथा निर्णायक सलंग्न भएको नेपाली रेफ्रिको सहभागिता जनाएका थिए ।

१७ औ एशियाडमा करातेको तर्फबाट एक मात्र पदक रजत पदक जितेर नेपाललाई पदक विहिन देश हुन् बाट जोगाएकि कराते खेलाडी बिमला तामाडले फेरी स्वर्ण पदक जितेर देशको नाम उच्च राख्न सफल भइन् ।

च्याम्पियन सिपमा अन्तरराष्ट्रिय मार्शल आर्टस संघ अमेरिकाको प्रमुख प्रशिक्षक शान्त थोकर निर्णायक मण्डलमा रहेका थिए ।

Comments

comments

SHARE