समाजसेवी र्इन्द्र तामाङ र भाेजराज थाेकर तामाङ ।

–नाम्सादिम संवाददाता
सगरमाथा आरोहणको क्रममा रहेकी शर्मिला तामाङलाई अमेरीकामा रहेका तामाङहरुले सहयोग गरेका छन् । तामाङलाई अमेरिकाको न्युयोर्कमा बसेका समाजसेवी भोजराज थोकर तामाङ ३ सय ५० डलर, समाजसेवी ईन्द्र तामाङ १०० डलर र श्याम लामा तामाङले ५० डलर सहयोग गरेका हुन् ।

अमेरिकाबाट नेपालमा समाजसेवी कुमार थोकर तामाङको नाममा पठाएको रु ५१ हजार ७ सय १९ रुपैयाँ मंगलबार आरोही तामाङलाई पठाई सकेको थोकरले नाम्सादिमलाई जानकारी दिएको छ ।

आरोहणका लागि बेस क्याम्प पुगेकी तामाङलाई आर्थिक अबस्था कम्जोर रहेको जानकारी पाएपछि सफल आरोहणको लागि सहयोग गरेको समाज सेवी भोजराज थोकरले नाम्सादिमलाई जानकारी दिएका थिए ।

आरोहणको क्रममा रहेकी तामाङ मंगलबार क्याम्प तीनमा पुगेको जानकारी आएको छ ।

अाराेही शर्मिला तामाङ बेस क्याम तिन चढ्दै ।

 

Comments

comments

SHARE