-नाम्सादिम संवाददाता

काठमाडौं । श्रद्धेय धर्मगुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे ज्यूको परमपावन बाहुलीबाट शिलान्यास गरेको निर्माणाधिन झ्याङ्छुव छ्योर्तेनमा तामाङ कल्यान गुठीका सदस्यहरुले आईतबार दर्शन तथा पूजा पाठ गरेका छन् । उक्त समुहलार्इ शैलुङ रिगसुम गोम्पो सेवा समाजका महासचिव कुमार थोकर तामाङको संयोजन निर्माणाधिन छ्योर्तेनमा पु¥याएका थिए ।

आईतबार बौद्धबाट हिँडेको टोली खोलाखर्कमा बास बसेर सोमबार विहान दोलखा र रामेछापको संगम स्थलमा रहेको झ्याङ्छ्युब छ्योर्तेन परिसारमा पुगेका थिए । पूजा पाठ सकेपछि गुठीका सदस्यहरुले निर्माणाधिन छ्योर्तेनलाई आ–आफ्नो गच्छेनुसार सहयोग समेत गरेका थिए ।

सहयोग रकम एक लाख ३५ हजार दुई रुपैयाँ उठेको समाजका कोषाध्यक्ष डम्बरबहादुर मोक्तानले नाम्सादिमलाई जानकारी दिएका थिए । यसै क्रममा गुठीका अध्यक्ष खड्काजीत तामाङले निर्माणाधिन छ्योर्तेनलाई संस्थाको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

गुठीका सल्लाहकार तथा समाज सेवी गजेन्द्र लामा तामाङले यो पवित्र ठाउँमा यसरी छ्योर्तेन बनाउँन लागेकोमा धन्यवाद दिँदै छ्योर्तेनको लागि एक लाख ५ हजार सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । बौद्धबाट करिव एक सय ३० जनाको टोली शैलुङडाँडामा पुगेका थिए ।

Comments

comments

SHARE