काठमाडौं / नाम्सादिम । यही बैशाख ८ गते शनिबारका दिन प्राचीन अनुवाद एकमात्री गुरु संघ नेपालले धार्मिक प्रवचन तथा छे-वाङ (दीर्घायुभिषेक) कार्यक्रम आयोजना गर्ने भएको छ ।

बौद्ध स्थित संघको आफ्नै कार्यालय प्रागंणमा हुने धार्मिक प्रवचन तथा छे-वाङ (दीर्घायुभिषेक) लगायतका धार्मिक पूजापाठ कार्यक्रमका प्रमुख अतिथी धर्मगुरु छोग्याल रिन्पोक्षे रहनुहुने जानकारी संघले दिएको छ ।

शनिबार बिहान ८ बजेबाट शुरू हुने पूजापाठ तथा छेवाङ कार्यक्रममा धर्मगुरु छोग्याल रिन्पोक्षेले दीर्घायुभिषेकसहित धार्मिक प्रवचन दिनु हुनेछ । उक्त कार्यक्रममा उपस्थित भई धर्म श्रवण गरी पूण्य सञ्चय गर्न संघले सबै भक्तजनहरूलाई अनुरोध समेत गरेको छ ।

Comments

comments

SHARE