मलेसिया/नाम्सादिम । नेपाल हायासी (हा सितोरियो कराते संघ नेपालका संस्थापक महासचिव तथा प्रमुख प्रशिक्षक साथै एसियन रेफ्री समेत रहेका राम कृष्ण तामाङले चौथो डान प्राप्त गरेका छन् ।

बिगत एक महीनादेखि मलेसिया र इन्डोनेसियामा स्पेसल ट्रेनिङ गर्दै आएका ललितपुर जिल्ला गोदावरी नगर पालिका वाड नं २ त्रिवेणी निवासी राम कृष्ण तामाङलाई हायासी(हा सितोरियो कराते महासंघ मलेसियाका अध्यक्ष तथा एसियन प्यासिफिक अध्यक्ष आठौं डान ग्रेन मास्टर टोनी पोनयाले एक समारोह गरी नेपालमा हायासी(हा सितोरियो कराते खेल विस्तारको र बिकासको लागि चौथो डानको उपाधीसहित प्रमाण(पत्र प्रदान गरेका थिए ।

प्रमाण(पत्र वितरण कार्यक्रममा नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका अध्यक्ष प्रमुख प्रशिक्षक तथा एसियन रेफ्री योगेन्द्र कोइराला महासचिव सोनामनोर्बु तामाङ, हायासी(हा सितोरियो कराते महासंघ मलेसियाका सातौ डान कराते मास्टर लगायत मलेशिया राष्ट्रिय कराते टिमका पूर्व ( मुख्य प्रशिक्षक आरी वालाकान र करातेका सिनियर खेलाडीहरुको उपस्थिति रहेको थियो ।

चौथो डान प्रमाणपत्र प्राप्त गर्ने हायासी(हा सितोरियो कराते संघ नेपालका गुरु राम कृष्ण तामाङ गोजुरियो कराते संघ नेपालका पूर्व राष्ट्रिय प्रशिक्षक हुन् भने धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल एक दक्ष कुशल प्रशिक्षक पनि हुन् ।

Comments

comments

SHARE