–नाम्सादिम संवाददाता
तामाङ कथानक चलचित्र टुहुरोला ल्हुईको शिर्ष गीत ‘एदेन ङाला चु मायामी’ युट्युव मार्फत सार्वजनिक गरेको छ । उक्त चलचित्रको निर्देशन विनय दोङ तामाङले गरेको छ ।

भूकम्पाले घर भत्केसंगै बुवा आमा गुमाएर टुहुरो बनेका बालबालीकाको कथामा आधारीत रहेका निर्देशक तामाङले जानकारी दिएको छ । अब चलचित्रलाई पनि छिट्टै बजारमा ल्याउने तयारी गरीरहेको तामाङले जनाए ।

शिर्ष गीतमा आशुसेन लामा तामाङ र शशीकला मोक्तानको स्वर रहेको छ भने संगीत जोगलाल तामाङ, शब्द हस्त बहादुर तामाङको रहेको छ । गीतमा नायिका रोशनी ब्लोन तामाङ र नायक बुद्ध थिङ तामाङले अभिनय गरेका छन् ।

छ्युमि लमिनीले लगानी गरेको चलचित्रमा कथा तथा निर्देशन विनय दोङ तामाङ र पटकथा÷संवाद ऋतुराज पाख्रिन तामाङले गरेको छ । यस्तै छायांकनमा ज्ञानु राई, नृत्य निर्देश बुद्ध लामा तामाङ र चलचित्रमा द्धन्द्ध सोनाम तामाङले गरेका हुन् ।

चलचित्रमा खलनायकमा रोशन स्याङतान, राजु वाईबा झकास, शंख बहादुर थिङ तामाङ, तिर्थ वाइबा, सजिता दोङ, भिम लामा, छ्योईसाङ बोम्जन तामाङ लगायतका कलाकारहरु रहेका छन् ।

Comments

comments

SHARE