-धर्मचन्द्र योञ्जन तामाङ
काठमाडौं । सुनिता वाइवाको मर्मस्पर्शी लोक दोहोरी गीत “पलपल” को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘परो मलाई पिर’ भन्ने बोलको लोकगीतमा देखिएका बाल कलाकार सब्सन पौडेल फेरि ‘पल पल’मा देखिएका छन् ।

वाइबाले ३ बर्ष पनि नपुगेका सब्सनको अभिनय रहेको लोक दोहोरी गीत ‘पल पल’ बजारमा भिडियोसहित सार्वजनिक गरेकी छन् । गीतमा सब्सनले बिछोडको पिडामा परेकी आमाको आशु पुछ्दै सान्त्वना दिएका छन् । सानै उमेरमा देखिएको उनको यो अभिनयले धेरैको मन जितेको छ । उक्त अभिनयमा आमाको भुमिकामा सुनिता वाइबा स्वयमले निभाएकी छिन् ।

टिका पुन र रिजन्स तामाङको आवाजमा रहेको पलपलमा सुनिता वाईवाको शब्द रहेको छ भने गायक रिजन तामाङकै संगीत रहेको छ । पछिल्लो समयका व्यस्त निर्देशक सिर्जन बरालले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा किशोर खत्री र सुनिता वाइबाको शसक्त अभिनय रहेको देख्न सकिन्छ ।

यस गीतको बजार व्यवस्थापन भने हर्टविट नेपालले गरेको छ । धेरैले रुचाएका बाल कलाकार सब्सन पौडेल उनको अभिनयकै कारण नेपाली सांगितिक जगतमा चर्चित हुँदै गएका छन भने बजार भविष्यको हिरो भनेर प्रतिक्रिया आइरहेको छ ।

Comments

comments

SHARE