-धनप्रसाद तामाङ
१)बिसर्जनकारी “म” मनोविज्ञानको साँस्कृतिक केन्द्र
अहिले मुलुक “म मात्र उच्च श्रेष्ठ महान र असल” भन्ने मनोविज्ञान निर्माण गर्ने साँस्कृतिक केन्द्रबाट संचालित छ । जसले मुलुकको बहुलता बहुसभ्यता र बहुअायामिक विशिष्टता र विलक्षणता त समाप्त पार्छ पार्छ नै मुलुकसंगै अाफै विसर्जित हुनेछ ।

२)अभौतिक विज्ञान र अमुर्त संस्कृतिको संहारक
यसले यहाँको अादिकालदेखिको स्वभाविक प्राकृतिक जैविक साँस्कृतिक सुललित जीवन प्रबाहलाई अविराम खण्डित विकृत दिशाहिन र अधोपतनकारि बनाउदै लगि रहेको छ । अहिले पनि यो अाम ज्ञान, विज्ञान, बिधि, प्रबिधि, संमृद्धि, राज्य, समाज, सभ्यता र सोच समजहरुको दुरुपयोग गरि सिंगो समतावाद सम्पुर्णतः समाप्त गर्न चाहन्छ ।

३)तामाङ अादिवासि
जसको जिवन्त प्रयोग अभ्यास र साँस्कृतिक अात्मसाथ सहितको अंगिकरण यहाँको अादिवासी समुदायहरुबाट हुँदै अाइ रहेको छ । जसमध्ये तामङ अादिवासि अर्थात मुलवासी पनि एक हो । जसले जन्मपछि मृत्युुअघिको जीवनमा मात्र नभै मृत्युपछि जन्मअघिको जीवनलाई समेत लोकतान्त्रिक बनाएको छ ।

४)कूल: ती-तीन पुस्ता, बंश र नालहरुको योग
अरु त अरु जातिको चुरो कुरो “कूल”लाई समेत निषेधकारी एकल श्रेष्ठता नबनाई समतामूलक बहुअायामिक बहुलताको समगमित स्वरुपमा प्रतिस्थापन गरेको छ । जस्तो तामाङभित्रको जुनकुनै बंशको कुल पुजे पनि न्युनतम रुपमा तीन पुस्ते तीन नालको तीन बंशीय सहभागिता अपरिहार्य बनाएको छ । त्यो भनेको एकै शब्दमा लप्तबा, माम र माथेबाको अपरिहार्य उत्तरदायित्व, स्थान र भुमिकाको बात्रडफाँड सुब्यवस्थि सम्बन्धन हो ।

५)बुहारीहरुले सम्झ्यो ज्वाईंहरु
हालै वेि.सं. २०७४ चैत २९ गते विहिबार पोखरा – १३ संगमटोल तामाङ बौद्ध सेवा समितको भवनमा तितुङ ग्रङदेनको मयुङ बुसिङ बार्षिक पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ । यसमा पनि यसको सिंगो कार्यक्रम बुहारीहरुको अगुवाइमा सम्पन्न भएको छ । र अामन्त्रितहरुमा फुपाजु, भेना, ज्वाईं, भान्जा, नातिहरुको जोड उपस्थिति रहेको थियो ।

६)फेरि पनि बुहारीहरुले नै थाम्दै कूल
बुहारीहरु: अञ्जना डुम्जन, शान्ति लोप्चन, फुलदेवी लामा, लक्ष्मी तामाङ लगायतको अामा बुहारीहरुकाे पहलकदमीमा सम्पन्न भएको यश कार्यक्रमको संयोजन शान्ति लोप्चन र संचालन अञ्जना डुम्जनले गर्नुभएको थियो । स्याल्गर, पुजा, मोलम, टीका, ब्रेल्बा, सोलछ्याङ, नाचगान लगायतकाे विभिन्न अौपचारिक अनौपचारिक बीच बुहारीहरुले नै अाफ्नो चेलीहरुलाई काँसकाे कचौराे “डेन” बाँडिएको थियोे ।

७)ज्वाईंको “ह्रुइसल”
लोकोत्तर लोकवादी विचार अभियान समुहका प्रवर्तक धनप्रसाद तामाङ, घेदुङ केन्द्रीय पुर्व कावा अध्यक्ष कुमबहादुर योञ्जन, घेदुङ प्रदेस ४ अध्यक्ष तथा अासा अभियानता दिपक वाइबा, कास्की घेदुङ उपाध्यक्ष टेक बहादुर स्याङबो, कास्की महिला घेदुङ पुर्बाध्यक्ष डिलमाया स्याङबो, तामाङ बौद्ध सेवा समिति अध्यक्ष केस बहादु थिङ, फ्याफुल्ला महिला साकोस अध्यक्ष विष्णु तामाङ योञ्जन, तामाङ बौद्ध सेवा समितिका संस्थापक अध्यक्ष डिलबहादुर नेगी, तामाङ समाजसेवी प्रेम लोप्चन, नेगी भाइ खलक अगुवा सिर्का बहादुर नेगी, लगायतका विभिन्न शिष्ट विशिष्ट व्यक्ति व्यक्तित्वहरुको महत्त्वपूर्ण उपस्थिति रहेको यश कार्यक्रममा छोरी तर्फको सम्बन्धको पनि “ह्रुइसल” हुनुपर्ने गर्नुपर्ने विषय उठाइएको थियो ।

८)”नाङसरि माम”
तितुङ ग्रङदेन मयुड बुसिङ बार्षिक पुनर्मिलन कार्यक्रममा उल्लेखित कार्यक्रमहरुका अलावा ‘ह्रुइ’को फोला, डाला, दोइला, फरप, केरप, दोङरप र सोका लागि मयुङ बुसिङ (चेली मतइती) हरुले चेलीले विचार्नु पर्ने विभिन्न किसिमको रिमठिमका विषय उठाइ रहदा यीनका कुलभित्रकाे “नाङसरि माम” कुलदेवताको ऐतिहासिक प्रसंग पनि राम्रैगरि उठ्यो ।

९)अनुकरणीय उत्प्रेरित कार्यक्रम
विगत केही दशकबाट निरन्तर हुँदै अाइ रहेको यो र यस्ता कार्यक्रम भुमि भौगोलिकता तदस्थानिय प्रकृति पर्यवरण जीवन जैविकता मानव मानवीयता समाज सामाजिकता संस्कार संस्कृति र सभ्यता बमोजिमको लोक लोकजीवन लोक मुल्य मान्यता तथा अादर्श र लोकवाद बमोजिमको लोकतान्त्रिक समाज निर्माणमा लागेकाहरुलाई उत्प्रेरित गर्नेछ । अहिलेलाई यति मात्र । थुजेछे !

Comments

comments

SHARE