-नाम्सादिम संवाददाता

तामाङ समुदायमा तामाङ ह्वाई, सेलो ह्वाई, डम्फूला ह्वाई, कल्पाला ह्वाई, फापर ह्वाई लगायतका गीतहरु रहेका छन् । यिनै गीतहरुले तामाङ समुदायको संस्कार संस्कृति, मानव सृष्ट्रि भएको इतिहासलाई समेत बोकेको छ । त्यस मध्ये फापर ह्वाईलाई छुट्टै किसिमले चिनिएको छ ।

फापर ह्वाई मेला, जात्रा वा घाँस दाउँरा गर्ने बेलामा गाउँने प्रचलन रहेको छ । पहिले–पहिले जात्रामा गीत गाउँदा–गाउँदै त्यहीँबाट भगाएर लाने प्रचलन पनि रहेको थियो । अचेल फापर ह्वाई, कल्पाला ह्वाई, अनि डम्फूला ह्वाई (गीत) लोप हुने अबस्थामा पुगिसकेको छ ।

यस्तो अबस्थामा उहीलेदेखि प्रचलनमा रहेको तामाङ मौलिक फापर ह्वाईलाई संरक्षण गर्नकै लागि सुनिता कुमारी बल तामाङ र सञ्जीव तामाङ (पोङथिला च्याङबा) ले संयुक्त रुपमा फापर ह्वाईको भिडियो ‘जुरोम लम् लम्’ सार्वजनिक गरेका छन् । उनीहरुले स्टुडियोमा गीत नगाए पनि धेरै जसो जात्रा मेलाहरुमा भने गीत गाउँन छोडेका थिएनन् ।

उनीहरुको गीतलाई स्टुडियोमा रेकर्ड गरेर भिडियोको रुपमा बजारमा ल्याउन सोलो गायक फूलकुमार बम्जनले साथ दिएका थिए । बम्जनले शब्द लेख्ने र संगीत भर्ने काम पनि गर्न भ्याएका थिए । उनीहरुलाई गीत गाउँन आउँने तर स्टुडियोमा अहिलेसम्म नगाएको हुनाले यस फापर ह्वाईलाई बजारमा ल्याउन धेरै गाह्रो भएको बम्जनले नाम्सादिमलाई जानकारी दिएका थिए ।

भिडियोलाई शनिबार जिग्मे मिडियाले सार्वजनिक गरेको छ । भिडियोमा सुनिता कुमारी बल तामाङ, सञ्जिव तामाङ (पोङथिला च्याङबा) फूलकुमार बम्जन, नोर्बु तामाङ, उर्गेन शेर्पा, अनिता तामाङ लगायतले अभिनय गरेका छन् । उक्त भिडियोको छायांकन तथा भिडियो सम्पादन सुर्य लामा तामाङले गरेको छ ।

Comments

comments

SHARE