तामाङ चलचित्रकी नायिका रोशनी ब्लोन तामाङले बिहे गरेर पहिलो तामाङ टेलिफिल्म धर्ज्यूमा सहभागी भएकी छिन् । त्यसपछि उनी भुईसल वाईबा तामाङको घरमा पुग्छिन् । यो प्रसंग पहिलो तामाङ टेलिफिल्म धर्ज्यूको हो । वि. स. २०६० सालामा नेपाली लोकदोहोरीबाट आफ्नो कलालाई क्यामरामा कैद गर्न सफल भएकी रोशनी ब्लोन तामाङ हालसम्ममा ४ दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गर्न सफल भैसकेकी छिन् ।

०६२ मा निर्मित नेपाली कथानक चलचित्र अधुरो चाहानाबाट ठुलो पर्दामा डेब्यु गरेकी रोशनीले न्यु जेनेरेशन, दुई मन, द कलेज, बेबी, द मङ्गोलियन हर्ट, लगायतका नेपाली चलचित्रमा समेत अभिनय गर्न भ्याइ सकेका छन । बारा जिल्लामा बुवा सुर्य बहादुर ब्लोन तामाङ र आमा साइली माया बोम्जनको काखमा जन्मिनु भएकी साना ठुला सबै लाई माया अनि सत्कार गर्न सिपालु रोशनी ब्लोन तामाङ चलचित्र क्षेत्रको साथमा आफ्नै मेहेनतमा सञ्चालित व्यवसायलाई पुर्ण सन्तुष्टी र खुशीका साथ अगाडी बडाउदै आएकी छिन् ।

रोशनीले २०६४ र ६५ बाट तामाङ कथानक चलचित्र चाङ्स्युइमीबाट शुरुवात गरेकी थिइन् । हालसम्म दोसिला जुनी, गान्बा, रानी, ह्यङ ङिला माया, मायासे लासी २, मायाला म्हेन्दो, जिन्दगीला ग्यलाम, ९ आउन बाँकी (टुहुरोला ल्हुई, सिसी याङ्बा जुनि गरी दर्जनौ तामाङ चलचित्रमा अभीनय गरी अनुभव लिई सकेकी तामाङ समुदायको पहिलो तामाङ टेलिफिल्म धर्ज्युको १५ औ भाग देखि तामाङ चल्चित्रकी नयिका रोशनी ब्लोन तामाङको पनि आगमन भएको छ ।

श्री म्युजिक प्रा. लि.को प्रस्तुतिमा कमल तामाङको निर्देशन तथा अमर बोम्जन तामाङको निर्माण रहेको उक्त टेलिफिल्मलाई क्यामरामा कैद गर्नुको साथै सम्पादन कार्यको जिम्मा भने भिम तामाङले गरिरहेका छन् । प्रत्येक बिहीवार इन्डिजिनस टेलिभिजनबाट रातको ८ स् ३० बजे आउने पहिलो तामाङ टेलिफिल्ममा तामाङ समुदायको कला, सस्कृति, धर्म, भाषा र भेषभुषालाई जोगाउनको लागि जोड दिदै नेपाल भरिका फरक फरक स्थानमा रहेका तामाङहरुले दैनिक जीवनमा प्रयोग गरिने भाषा, भेषभुषा, कलासस्कृतिलाई समेट्दै अगाडी बढिरहेको धर्ज्यूका निर्देशक बताउँछन् ।

आज १६ भागसम्म आईपुग्दा तामाङ टेलिफिल्म धर्ज्यूमा राजधानी बौद्ध, नुवाकोट, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखा र खोटाङका तामाङहरुले बोल्ने, तामाङहरुले बोल्ने भाषा समेटिएको छ । आगामी भागहरुमा देश भरिकै तामाङहरुले प्रयोग गर्ने कला, धर्म, भाषा, भेषभुषा, कलासस्कृतिलाई समेट्दै तामाङ समुदायमा शैक्षिक, आर्थीक , रोजगारी तथा समय सान्दर्भिक जानकारीका साथै जनचेतनामूलक समाग्री दर्शक सामू पस्कँदै जाने प्रण निर्माण पक्षले गरेको छ ।

टेलिफिल्ममा भुइसल वाइबा तामाङ, मान बहादुर तामाङ, अमर बोम्जन तामाङ, सृस्ट्रि थोकर तामाङ, कमल तामाङ, भिम तामाङ, सुहाङ तामाङ, नरेश पहरी , गणेश राई, जिवन डुम्जन तामाङ, करुणा योन्जन तामाङ, चन्द्र जित मोक्तान तामाङ, बाल कलकार चेन्न्जोम गोले तामाङ, उसाङ तामाङ, बिकल मिक्चन तामाङ लगायतका कलाकारूकाे अभिनय रहेकाे छ । टेलिफिल्म उत्पादन गर्न चन्द्र जीत मोक्तानले सल्लाह सुझाव दिँदै अाएकाे नाम्सादिमलार्इ निर्देशक कमल याेञ्जनले जानकारी दिए ।

Comments

comments

SHARE