-र्इकमान तामाङ

फागुन ६, काठमाडौ / मलेसियामा मलेसिया ब्यापी खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता हरि रायको अवसर पारेर सयपत्री युवा क्लबको आयोजनामा गर्न लागेको हो ।

जुन (June) को १५ तारिकदेखि मलेसियको मलका अलोर गाजाह तामान मेवाहमा शुरु हुने भलिबल प्रतियोगितामा प्रथम पुरस्कार मलेसियान आर एम (rm) ६०००, द्धितीय पुरस्कार आर एम (rm) ४००० र तृतीय पुरस्कार आर एम (rm) ३००० सहित मेडल र प्रमाण–पत्र रहेको क्लबको अध्यक्ष ज्ञाविन्द्र राइले जानकारी दिएकाे छ । साथै टाढाबाट आउने खेलाडीहरुलार्इ खाना र बस्नको ब्यावस्था गरिएको अायाेजक संस्थाले जानकारी दिएकाे छ ।

यस अघि पनि प्रतियोगिता संचालन गर्दै आएको क्लबले फेरि हरि रायको अवसरमा भलिबल प्रतियोगिता गर्न लागेकाे हाे ।

प्रतियोगितामा प्रवेश शुल्क भने मलेसियन आर एम (rm) ७५१ तोकिएको छ । भलिबल प्रतियोगितासंगै भाग्य शाली उपहार (लक्की ड्र) पनि रहेको आयोजकले जनाएको छ ।

Comments

comments

SHARE