-साेनाम नाेर्बु तामाङ

मलेसिया / शनिवार र आइतबार मलेसिया को क्वालालम्पुर स्थित टिटि टेइवाङ्स स्टुडिएममा भएको सेलेनाइट अन्तर्राष्ट्रिय कराते कप मार्च २०१८ सप्पन्न भएको छ । कार्यक्रमलाई गत शुक्रबार प्यासिफिक सितोरिया करातेका अध्यक्ष (स्थानीय बासी) दातो टि पोनियाले औपचारिक उद्घाटन गरेका थिए । अन्तर्राष्ट्रिय कराते कपका लागि नेपालबाट मलेसिया आएका खेलाडीले निकै राम्रो खेल प्रदर्शन गर्दै कास्य पदक हात पारेका छन । ४७ किलोग्राम भन्दा तलको तौलमा नेपालको तर्फबाट मतिना महर्जनले विलो क्याडेडमा रजत पदक प्राप्त गरेकी थिइन ।

त्यसैगरी ५५ किलोग्राम भन्दा तल तौल समुह बाट तुलाराम धामीले कास्य पदक हात पारेका थिए । ८४ किलोग्राम तौल समूहमा पनि शेखर श्रेष्ठले कास्य पदक प्राप्त गरे । ८४ किलोग्राम भन्दा माथीको तौल समुहमा पनि भिम बहादुर महरले कास्य पदक जिते । उक्त कार्यक्रममा ग्रुपिङ फाइटमा नोर्बु तामाङ, दोर्जे तामाङ, राम तामाङ र भिम बहादुर महरले कास्य पदक जितेका छन ।

खेलमा रेफ्रीको भुमिका अन्तर्राष्ट्रिय नेपाली रेफ्रीहरु श्याम शेर्पा, विशन सिंह खड्का,योगेन्द्र कोइराला,रामकृष्ण तामाङ लामा र लक्ष्मी क्षेत्री थिइन् भने टिम कोजमा नोर्बु तामाङ रहेको थियो । टिटी वाङसार स्टुडिएममा भएको उक्त कार्यक्रम नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्र विक्रम लाखेको विशेष अतिथिमा सम्पन्न भएको हाे । कार्यक्रममा नेपाल हायसी-हा कराते संघका अध्यक्ष शिवराम राजवङ्शीले पनि उपस्थिति जनाएका थिए ।

प्रतियोगितामा नेपाल, ईन्डिया, श्रीलंका, इन्डोनेशिया, सिङापुर, मलेशिया, बाङ्लादेश र फिलिपिन्स ईरानका खेलाडीहरुले सहभागिता जनाएका थि ।

Comments

comments

SHARE