-इकमान तामाङ

काठमाडाैं / नब गायक सन्तोष लोप्चनको ‘तिमीलाई धेरै धेरै माया’ बोलको नेपाली आधुनिक गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक गरेको छ । लामाले सङ्स नेपाल युट्युब च्यानलबाट गीतलाई सार्वजनिक गरेको हो ।

गायक लोप्चनको म्युजिक भिडियोमा दिलनाथ लोप्चन र शान्त्ति बान्तवा राईले अभिनय गरेका छन् । नब गायक सन्तोष लोप्चनले स्वर दिएको उक्त गीतको शब्द विशाल लामा र संगीत जोगलाल लामाले गरेका छन् ।

भिडियोको निर्देशन शम्भु मोक्तान तमाङले गरेको हो भने सम्पादन सुर्य लमाा, भिडियो छायांकन काेष बोम्जन र एरेन्जर दिपेश प्रधानले गरेका छन् । ‘यता मेरो हारमा उता उनको जीत’ लगायतका नयाँ गीतहरु पनि छिट्टै बजारमा ल्याउने तयारी भैइरहेको गायक लोप्चनले बताए । यो गीतको छायांकन मलेसियामा गरेकाे हाे ।

गायक लोप्चनको यस गीत भिडियोमा आउनु अगाडि नै अडियोले श्रोतहरुको मन जित्न सफल भइसको छ । अहिले यो गीत गाउँघरमा सबैको मोइबल र विहेभोजमा बजाइरहेको भेटिन्छ । पहिलो गीतबाटै दर्शकको मन जित्न सफल लोप्चन काभ्रे जिल्लाको विकट क्षेत्र मानिने डाँडापारि अन्र्तगत पर्ने खानीलोला–४, जगथलीपाखाको हाे । गाउँको सामन्य परिवारमा जन्मेका गायक सन्तोष र मोडल दिलनाथ रोजगारीको शिलशिलामा अहिले मलेसियमा छन् । सानै देखि गीत गाउन रुची राख्ने लोप्चन परदेशमा रहेर पनि नेपाली संगीतिक क्षेत्रलाई मायाँ गरिरहने र केही नयाँ प्रभाव अवश्य छोड्ने बताउछन् ।

Comments

comments

SHARE