-धर्मचन्द्र योञ्जन तामाङ
नाम्सादिम /आर .बी लामाको शब्द संगीत रहेको गीत “ल्हासाको सुन” बजारमा सार्वजनिक भएको छ । सुमधुर स्वरकी धनी गायिका टीका गुरुङको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । एरेञ्जर कुमार लामाले एरेन्जमा रहेको उक्त गीतको भिडियोलाई राज वाइबाले निर्देशन गरेकाे हाे ।

तामाङ सेलो लयमा बनेको उक्त गीतको भिडियोमा कमल शिंह , सृष्टी , सरिता र महेसको अभिनय रहेको छ । अश्टमान वाइबाले छायांकन गरेको भिडियोलाइ निर्देशक राज वाइबाले सम्पादन गरेको जानकारी दिएकाे छ ।

Comments

comments

SHARE