-नाम्सादिम संवाददाता
‘स्याउ खानु मिठो हेलम्बुको’ लोक पप गीतको भिडियो मंगलबार युट्युवमा सार्वजनिक गरेको छ । गायक कोश बोम्जन तामाङ र गायिका जीतु लोप्चनको स्वरमा रहेको गीतलाई सङ्स नेपाल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो ।

गायक बम्जनले पहिलो एल्बम ‘खाउले छ्याम चिला’ दोस्रोमा ‘हिउँ झार्ने घरैमा’ लगायतका दर्जनौ गीतमा स्वर दिइसकोछ । यस्तै गायिका जीतु लोप्चनले पनि तामाङ सेलो, तामाङ र नेपाली गीतहरु एक दर्जन जत्ति स्वर दिईसकेकी छिन् ।

जीवन बोम्जन तामाङको शब्द रहेको उक्त गीतमा संगीत आर वी तामाङ, नृत्य निर्देशन सुमित स्याङतान तामाङ, छायांकन कोश बोम्जन, सम्पादन दिपक तामाङ, निर्देशन फुर्वादोर्जे तामाङ रहेका छन् ।

भिडियोमा शम्भु मोक्तान तामाङ र संगीता तामाङले अभिनय गरेका छन् । गायक बम्जनले अरु तामाङ सेलोहरु पनि बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ ।

Comments

comments

SHARE