सन फ्रान्सिस्को / अमेरिकाकाे सन फ्रान्सिस्काेमा शनिबार फ्याफुल्ला को-अपरेटिभ सोसाइटी अफ क्यालिफोर्नियाद्धारा साेनाम ल्हाेछार मनाइएकाे छ । ल्हाेछार कार्यक्रममा तामाङ, शेर्पा लगायत नेपालीहरू उपस्थित भएका थिए ।

कार्यक्रम ताम्सालिङ संयुक्त संघर्ष सामितिका संयोजक जय गोले तामाङ को प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।  नलिना चित्रकार, म्हेन्दोमाया किङ सागर, एस वाइबा (तामाङ), सन्जोक योन्जन तामाङ लगायतका कलाकारहरूले विभिन्न किसिमकाे गीत गएर दर्शकलार्इ मनाेराेञ्जन दिएका थिए । कार्यक्रममा सान फ्रान्सिस्को क्षेत्रका कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।

कार्यक्रममा तामाङ्ग कोअपरेटिभ सोसाइटी नर्थ अमेरिकाका उपाध्यक्ष टेक लामा वाइबा लस एन्जलस देखि उपस्थित हुनुभएको थियो भने सोसाइटीका अर्का उपाध्यक्ष शेर बहादुर लामा पनि उपस्थित भएका थिए । नेपाली कांगेसका नेता बिद्या सागर योञ्जन, स्थानिय संघ-संस्थाका प्रतिनिधीहरुको समेत उपस्थित रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जय गाेले तामाङले तामाङ समुदायलार्इ अार्थिक, शैक्षिक र राजनैतिक रूपमा अगाडि पुर्याउन सम्पर्ण सन फ्रानसिस्काे तामाङहरूले सहयाेग गर्नु पर्ने बताए ।

Comments

comments

SHARE