-राजु तामाङ
सिन्धुली ९ फागुन /तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व २८५४ खि ल्हाेछारकाे अवसर तथा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा सिन्धुलीमाडीमा तामाङ भाषामा कविता प्रतियाेगिता गरिएको छ । नेपाल तामाङ घेदुङ केन्द्रीय भाषा तथा साहित्य विभागकाे संयाेजन र प्राङ्बोला छार न्हान सिन्धुलीको अायाेजनामा फागुन ९ गते प्रतियाेगिता भएको हाे ।

कविता वाचन गर्दै राजु लाे

प्रतियाेगिताकाे उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि कमलामाई नगरपालिकाका मेयर खड्का बहादुर खत्रीले भाषा समुदायको पहिचान भए जस्तै विविध माैलिक पहिचान राष्ट्रिय भएकोले यसकाे संरक्षण गर्नु पर्नेमा जाेड दिनुभयाे ।

नेपाल तामाङ घेदुङ भाषा साहित्य विभाग प्रमुख एवम् प्राङबाेला छार न्हान सिन्धुलीका अध्यक्ष काजीमान थिङकाे अध्यक्षतामा भएको प्रतियाेगितामा सिन्धुली, रामेछाप, सर्लाही, राैत्तहट लगायतबाट तामाङ श्रष्टाहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतियाेगितामा मरिण गाउँपालिका-३, सिन्धुलीका रुपक “जमरा” ग्लान प्रथम, मरिण गाउँपालिका-५ का कृष्णराज थिङ दाेश्राे, सुनपाति गाउँपालिका-२ रामेछापका साेनाम ग्याबक तेस्रो र घ्याङलेक गाउँपालिका-४ सिन्धुलीका रुपेश माेक्तान सान्त्वना भएका छन् । प्रतियोगिताका विजेता स्रष्टाहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र र सहभागी स्रष्टाहरुलाई भने प्रसंसा पत्र प्रदान गरेको थियो।

Comments

comments

SHARE