नाम्सादिम
राजधानी / अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा बुधबार काठमाडौंमा सांस्कृतिक ¥यालीका साथै कविता वाचान गरेर मनाएका छन् । कार्यक्रममा ४४ जनाले विभिन्न भाषामा कविता वाचन गरेका थिए ।

प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा १ सय ९ वटा कविताहरु मध्ये ४४ वटा मात्र छनौटमा परेका थिए । छनौटमा परेका कविता मध्य तामाङ समुदायबाट शितल थोकर तामाङ, सजना गोले तामाङ र इन्दु तामाङ लगायत अन्य समुदायले कार्यक्रममा सहभागि भएर मातृभाषामा कविता वाचन गरेका थिए ।

छनौटमा परेका ४४ जना कविहरुलाई प्रतिष्ठानले प्रमाण पत्र प्रदान गरेका छन् । कार्यक्रममा गुरुङ, धिमाल, राई, लिम्बु, दुरा, तामाङ लगायतका समुदायबाट आ–आफ्नो संस्कृति झल्किने प्रस्तिुति प्रस्तुत गरेका थिए ।

प्रज्ञा प्रतिष्ठन काव्य विभागका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि डा. अमर गिरीले आफ्नो मातृभाषा राज्यले संरक्षण गर्छ भनेर बस्यो भने लोप हुन सक्ने बताउँदै आफ्नो मातृभाषा संरक्षणमा आफै लाग्नुपर्ने बताए । कार्यक्रमलाई सभाध्यक्ष डा. विष्णुविभु घिमिरेले समापन गरेका थिए ।

Comments

comments

SHARE