मलेसिया / नाम्सादिम । पञ्च वर्षीय बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षण कार्यक्रमकाे सहयोगार्थका लागि आइतबार तामाङ बौद्ध महासंघ मलेसियाले ल्होछार- २१४५ सा फो खि ल्हो माटो पुरुष कुकुर वर्ग राष्ट्रिय लोछार साँस्कृतिक साँझ २०१८ भव्य एवम् सभ्य रूपले सम्पन्न गरेको छ । शुक्र पाख्रीन तामाङ र पुजा तामाङको स्वागत गीतबाट पाहुनाहरुलाई स्वागत गरिएको उक्त कार्यक्रम केलाङ चौतारी रेस्टुरेन्टमा गरेकाे हाे ।

उक्त ल्होछार साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ मलेशियाका अध्यक्ष फूपू तेन्बा शेर्पा, बिशेष अतिथि नेपाली प्रवासी सितोरियो कराते संघ मलेशियाका अध्यक्ष तथा प्रमुख प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय रेफ्री योगेन्द्र कोइराला, अतिथिहरु केलाङ चौतारी तथा शुभकामना सपिङ सेन्टरका प्रबन्ध निर्देशक राजु श्रेष्ठ, नेपाली काङ्ग्रेस जन सम्पर्क मंच मलेसियाका प्रतिनिधि तथा भोजपुर सेवा समाजका सचिव रबिन राई, ताप्लेजुङ सेवा समाज मलेसियाका अध्यक्ष रबिन्द्र लिम्वु, शेर्पा किदुग मलेसियाका अध्यक्ष पेम्बा शेर्पा, परदेशी धामाकाका प्रबन्ध निर्देशक रमेश पौडेल, सगरमाथा सेवा समाजका प्रतिनिधीहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा नेपालबाट पाल्नु भएका युवा पुस्ताहरुको मन मुटुमा बस्न सफल चर्चित युवा गायक तथा सङ्गितकार आर बि दोङ तामाङले उपस्थित दर्शक महानुभाबहरुलाई भरपुर मनोरञ्जन दिन सफल भएका थिए भने हिमालय म्युजिक अवार्ड कार्यक्रम २०१८ बाट सम्मानित गायक तथा सङ्गितकार कोष बोम्जन तामाङ र रमित स्याङ्तान तामाङले पनि उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

यसैगरी प्रवासमा रहेका कलाकारहरू सुदिप घिसिङ तामाङ, हिमाल दोङ तामाङ, सरोज बोम्जन तामाङ, जीवन तामाङ, अमीर लोप्चन तामाङ, पासाङ तामाङ, शेर्पा किदुग मलेसियाबाट गायक पेमा टि सेर्पा, डान्सर राज तामाङ (ताम्बा) मिङ्मार मोक्तान तामाङ र नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका अन्तर्राष्ट्रिय खेलाडी राम तिथुङ तामाङले पनि आफ्नो कराँते खेल प्रदर्शन गरी उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिलाउन सफल भएका थिए ।

कार्यक्रम सफल पार्न विशेष प्रायोजकको भुमिकामा केलाङ चौतारी रेस्टुरेन्ट, शुभकामना सपिङ सेन्टर केलाङ, मन्डला रेस्टुरेन्ट केयल, युनिक फेसन सपिङ सेन्टर केयल, नेपाली किचेन रेस्टुरेन्ट केयल, नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाको सहयोग रहेको थियो भने मिडिया पाट्नरहरुमा नाम्सादिम अन्लाईन, सैलुङ अन्लाईन, नयाँ अन्लाईन, हमर संदेश, थारु अन्लाईन रहेको सोनाम नोर्बु तामाङले बताए । कार्यक्रमलार्इ सभाध्यक्ष प्रियतम पाख्रीन तामाङले समापन गरेका थिए ।

Comments

comments

SHARE