-नाम्सादिम संवाददाता
हेटौडा/ मन्जुश्री सम्बत २८५४ खी ल्हो (कुकुर वर्ग) सोनाम ल्होछारको अवसरमा शुक्रबार मकवानपुरको पुर्बीक्षेत्रमा पर्ने ऐतिहासिक भूमि झुरझुरेमा बृहत सांस्कृतिक कार्यक्रम गरेर ल्होछार मनाइएको छ ।

‘ताम्सालिङ सहितको संविधान कार्यन्वयन हाम्रो भावना, सोनाम ल्होछारलाई ५ दिन राष्ट्रिय विदा हाम्रो चाहाना” भन्ने मुल नाराका साथ तामाङ घेदुङ बागमती गाउँपलिकाको आयोजनामा गरेको सांस्कृतिक कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा गायक अमृत लामा, बबिता पाख्रिन, विश्व दोङ, मनोज बल, गणेश जिम्बा, प्रतिक ब्लोन लगायतले गीत गाएर स्टेज तताएका थिए ।

उक्त ल्हाेछार कार्यक्रममा तामाङ युवानेता ज्ञानसागर ब्लाेन, नेपाल तामाङ घेदुङ मकवानपुर क्षेत्र न. १ का संयोजक अरुण बल, नेपाल तामाङ घेदुङ बागमती गाउपालिकको सल्लाहकार हस्त बहादुर थिङ, तामाङ उत्थान समाजको अध्यक्ष राम बहादुर थिङ, लगायतको अतिथिहरुको सहभागी रहेका थिए ।

Comments

comments

SHARE