म गुल्टिरहेको ढुङ्गा हुँ
म वर्षौदेखि गुल्टिरहेछु
तिम्रो अगनमा
तिम्रो चौघेराहरुमा
तिम्रो वरिपरि
अनि तिम्रो राज्यमा
मेरा आदिम युगको सपनाहरु खोज्न
मेरो आखेले पोखेको पारिश्रमको मुल्य खोज्न
मेरो नाना आङाको नारित्व जोगाउन
हो म आज
निरन्तर गुल्टिरहेछु
कहिले नदि किनारमा जुन हाँसेको देखेँ
कहिले भिरहरुमा रातो घामहरु उभिएको देखेँ
खोल्सा गल्छेडोहरु उछिन्दै
कहिले लाली गुराँसहरुसंग
कहिले सुनखरिसंग
म कयौं पटक ठोक्किएर
गुल्टिरहे
खै तिनिहरुले मलाइ देखे कि देखेनन
म चुप चाप चुपचाप तिमीहरुको
अाँखा अगाडि
छेत बिछेत हुँदै
आफ्नै रफ्तारमा
सुन म
गुल्टिनुमा
तिमीलार्इ कुनै बिपती नहोला
तर यहाँ
मेरा वरिपरि धेरै बिपतिहरु छ्न
कहिले मुस्कुराउँदै
कहिले टुक्रा टुक्रा हुँदै
कहिले कङ्कृट झै
हो आज म
एउटा निहिर पाहाड झैँ
ठिङ्गा उभिएर
तिम्रो फलामे दरबारहरुसंग
ठोक्किएर
आफ्नो जातित्वको लागि
आफ्नो भाषाको लागि
आफ्नो संस्कारको लागि
आफ्नो भुमिको लागि
हाम्रो पहिचानको लागि
यसरी नै निरन्तर गुल्टिरहेछु
गुल्टिरहने छु
सजना गाेले तामाङ

Comments

comments

SHARE