हिरामान बल तामाङ  

याम्बु । तामाङ समुदायलाई राज्यसत्ताले तामाङ लेख्नबाट वञ्चित गराएको थियो । तामाङ भएतापनि राज्यसत्ताले धेरै तामाङ म्हे-म्हेहरुलाई आफ्नो नामको पछाडि गुरुङ, लिम्बु, मगर लगायतका थरहरु लेख मात्र जागिर खान पाउँने बनाएका थिए ।

तामाङ समुदायलाई तामाङ लेख्न, बाेल्न नदिने तर विभिन्न तरिकाले शाेषण दमन गरिरहेपछि धेरै तामाङहरू भारत तर्फ भागे । यसै क्रममा राज्यसात्ताले गरेकाे शाेषण र दमन सहन नसकि जङ्वीर लामाले तामाङ बोल्न र लेख्न पाउँनुपर्ने माग गरे । राज्यले तामाङले उठाएकाे मुद्दा प्रति त्यत्ति चासाे भने लिएन थिएन। तर तामाङले अावाज उठार्इ रहने क्रम जारी नै राखियाे ।

अावाज उठाउन नछाेडेपछि बल्ला तल्ला इति सम्वत् १९८९ मा तामाङ लेख्न र तामाङ भाषा बाेल्न पाउने भनियाे । इति सम्वत् १९८९ मा तत्कालिन श्री ३ भिम शमसेरले जारी गरेको इस्तिहार अनुसनर तामाङ समुदायले भदाै ६ गतेदेखि मात्र तामाङ लेख्न र बाेल्न दिएकाे थियाे । भदाै ६ गते लार्इ तामाङ समुदायले तामाङ लेख्न र बाेल्न दिनकाे रूपमा चिनाउन अझै अावश्यक रहेकाे देखिन्छ ।

इति सम्वत् १९८९ मा तत्कालिन श्री ३ भिम शमसेरले जारी गरेको इस्तिहारमा यस्ताे लेखिएकाे थियाे ।

                               (भिम शमसेरको इस्तिहार)
आगे नेपाल सरहदभर मुलुकका जङ्गी निजामती अड्डा गौँडा गोश्वारा भैभारदार रैतिदुनिय गैड्रके यथोचित उप्रान्त बाह्र तामाङ जातलाई लामाभोटे भन्ने चलन चलेकोमा अरुअरु अनेक किसिमका जात थरकाहरु पनि लामा भोटे भनी बोलाईने र लेखिने हुनाले कुन भोटे के जात थरको हो केही छुटिने भएन हामी बाह्र तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाईने गराई बक्स्ये हुँदोहो भनी सो तामाङ जातका सरदार बहादुर जङ्वीर तामाङदेखि ओ.वी.ई.डी.एम.एल.सी. अगुवा भै जाहेर गरेको कुरा मुनासीबै लेखिएको हुँदा सो कुरा मन्जुर गरी बक्सी यो इस्तिहार जारी गरी बक्सेको छ । अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउँने गर्नु जङ्गी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा र दुनियादारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु इति सम्वत् १९८९ साल भाद्र ६ रोज १ शुभम् । 

                                  को थिए जङ्गवीर लामा

भारत अंग्रेज उपनिवेशवादको विस्तारकाल सन् १८३५मा दार्जीलिङ, खरसाङको भूमी इष्ट इण्डिया कम्पनीको अधिकृत थियो । यो क्षेत्र अंग्रजको हातमा पर्न साथ विकासको अवसर पनि खोलियो । सन् १८५६ देखि चियाबगानहरु खेलिन थालेको थियो । यस क्षेत्रको विकास कार्यमा सहयोग पु¥याउनेलाई कम्पनी सरकारको तर्फबाट निकै प्रोत्साहन दिएको थियो ।

तत्कालीन नेपालको अवस्थामा भने राणा शासनको दमन, शोषण र निरंकुश शासनदेखि त्रस भएर गैर हिन्दू जाति जनजाति समुदाय जीवन बाँच्नुको साधन खोज्दै संघर्ष गर्न बाध्यतामा आफ्नो जन्मथलोबाट पलायन भएर नयाँ वासभूमिको खोजमा दार्जीलिङ प्रवास स्थलमा धेर संख्यामा बसाइ सरेका थिए । यिनैमा एक तामाङ परिवार १८ औँ शताब्दीको अन्तिम दशक र १९ औँ शताब्दीको पहिलो दशकतिर गोरे लामा (मोक्तान) जसलाई बागवीर लामा नामले चिनिन्थ्यो ।

पूर्वी नेपाल, चैनपुरबाट दार्जीलिङको भोटे बस्तीमा बसाई सरेका थिए बाँच्नको लागि जीउने साधन खोज्दै । आफ्नो परिवारसित गोरे लामा (बागवीर लामा) दार्जीलिङमा आएपछि प्राप्त जानकारी अनुसार पुलिसको जागीरमा हवलदार थिए । उहाँहरुको परिवारमा दुई छोरा जङ्वीर लामा मोक्तान र लालधन लामा मोक्तान अनि छोरी डोल्मा लामा मोक्तान थिए ।

नाम : जङ्गवीर लामा तामाङ मोक्तान
जन्म : सन् १८८९
पिताको नाम : गोरे लामा तामाङ (बागवीर लामा) मोक्तान
प्रथम ठेगाना : चयनपुर, पूर्व नेपाल
दोस्रो ठेगाना : भोटे बस्ती, दार्जीलिङ
पेशा : पुलिस (हवलदार) दार्जीलिङ
शिक्षा : सरकारी हाई स्कूल, दार्जीलिङबाट १९ मई १९१० आठौँ श्रेणी उतिर्ण (परिवारको भनाई अनुसार तिनी १० औँ श्रेणीसम्मको शिक्षा हासिल गरेका थिए)

६ अक्टोबर १९२३ : तामाङ बुद्धिष्ट एसोसिएशनको संस्थापक सदस्य
पेशा : सुबेदार मेजर, लखिमपुर, आसाम राइफल्स २८ जुलाई १९१४ देखि १९ नोभेम्बर
१९१८ सम्म : प्रथम विश्व युद्धको योद्धा थिए (समभावित) ।
१ जनवरी १९२४ : सरदार बहादुर जी.डी.एस.एम. पद्वीले अलंकृत त्यसपछि ओ.बी.आई.(दोस्रो श्रेणी) डी.एम.एल.सी. अन्य विशिष्ट पदकले सम्मानित ।
१४ अप्रेल १९२९ : तामाङ गुम्बा टाशी दार्गेलि गुम्बाको उद्घाटन ।
१६ मई १९३१ : जर्नेल हिरण्य शमसेर ज.ब.रा.अनि रानी सुवर्ण शमसेर ज.ब.रा. आदिको दार्जीलिङ भ्रमण ।
सन् १९३२ इस्तिहार मार्फत् तामाङ शब्दको प्रयोगमा लागेको बन्देजको फुकुवा ।
सन् १९३९ : दोस्रो युद्धमा जङ्वीर एक सेनानी थिए ।
सन् १९४७ : सरदार बहादुर सुबेदार मेजर जङ्वीर लामा ओ.बी.आई. (दोस्रो श्रेणी) डि.एस.एल.सी. आसामको सदियामा मृत्यु भएको थियो ।

काठमाडाैंमा रहेका विभिन्न दरवार, मठ-मन्दिर, सडक तामाङ समुदायलार्इ नै बनाउन लगाएका थिए । काम गरेवापत ति समुदायलार्इ पाउनुपर्ने तलव पनि दिँदैन थियाे । तामाङ समुदायलार्इ यसरी नै अार्थिक, शैक्षिक, राजनैतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा शाेषण र दमन गरिरहेकै थिए र अहिले सम्म पनि यसले निरन्तरता पार्इ नै रहेकाेछ । तामाङ समुदायलार्इ राज्यसत्ताले तल्लाे स्तरमा राखेर मतवालीकाे संज्ञा दिएकाे कुरा त झन हामी सबैलार्इ जानकारी भएकै कुरा हाे ।

राज्यले गरेकाे यस्ताे खालकाे अन्यय सहन नसकि भारतमा छिरेका तामाङ समुदायले भने अाफ्नाे पहिचान स्थापित गरार्इसकेका छन् । तर हामी नेपालमा नै रहेका तामाङ समुदायले विभिन्न क्षेत्रमा हाम्राे पहिचान कहिले स्थापित गराउँने ? अब सबैजनाले साेच्न जरूरी देखिन्छ ।

Comments

comments

SHARE