सधैँ हार्न बाध्य छैनन् आदिवासी 

आदिवासी समुदायसामु प्रणालीगत दमन, शक्तिशाली शत्रुहरु र विद्यमान विभेदसँगै अरु धेरै चुनौती नभएको हैन । यस्ता विभेद र चुनौतीबीच पनि आदिवासी समुदायहरुले विगतका वर्षमा ल्याटिन अमेरिकामा धेरै महत्वपूर्ण सफलता हासिल गरेका छन् । आदिवासी समुदायहरुको अथक सङ्घर्षको उपलब्धिस्वरुप हासिल गरेका केही सफलताका केही झलक यहा प्रस्तुत छन्ः

 

१. आदिवासी भूमिमा विवादास्पद बाँध

सन् २०१५ को फेब्रुअरीमा पानामाको गोबे बग्ले (Ngobe Bugle) आदिवासी समुदायले आफ्नो पुर्ख्यौली थलोमा विभिन्न खानी र जलविद्युत् आयोजना बनाउन लागेकोमा विरोध गरे । उनीहरुले गरेका राजमार्ग बन्द र अरु प्रतिरोध गतिविधिको दबाबको परिणामस्वरु त्यहाँको सरकार विवादास्पद बारो ब्लाँको बाँधको निर्माण कार्य बन्द गर्न बाध्य भयो । 

पेरुका वामपिस आदिवासी समुदायले त्यहाँको इतिहासकै पहिलो आदिवासी सरकार घोषणा गरेर नयाँ इतिहास निर्माण गरेको छ ।

राष्ट्रपति हुआँ कार्लोस भारेला सरकारले गोबे बग्ले समुदायसँग पूर्ण सहमति नहुञ्जेल परियोजनाका काम बन्द गर्ने घोषणा गरेता पनि आदिवासी जनताको सङ्घर्ष रोकिएको छैन । पानामाका आदिवासी नेताहरुले सरकारसँग निरन्तर वार्ता गरेर बाँध निर्माणमा आदिवासी जनताको हितलाई ध्यान दिन माग गरिरहेका छन् ।

२. खानी उत्खनन बन्द

भेनेजुयलाका चर्चित आदिवासी नेता साविनो रोमेरोका हत्याराहरुमध्येका एक अभियुक्तलाई अधिकतम ३० वर्षको कैद सजाय फैसला भयो ।

कोलम्बिया सरकारले सन् २०१५ अक्टोबरमा आदिवासी जनताको सामूहिक स्वामित्व भएको यागोजे अपापोरिस (Yaigoje Apaporis) आदिवासी क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गर्‍यो । यो निर्णयले आदिवासी जनताको पुर्ख्यौली थलोमा खानी उत्खनन गर्न बन्द गरायो र आदिवासी जनतालाई आफ्नो थलो जोगाउन मद्दत गर्‍यो । नयाँ राष्ट्रिय निकुञ्जको घोषणासँगै त्यस क्षेत्रमा एउटा क्यानाडेली बहुराष्ट्रिय कम्पनीले चलाइरहेको सुनखानीलगायत खानी उत्खनन कार्य बन्द भएका छन् ।

३. यौनदासताविरुद्ध ऐतिहासिक आदेश

ग्वाटेमालामा सन् १९८० को दशकमा भएको रक्तपातपूर्ण गृहयुद्धको बेलामा सीपुर जार्को सैनिक अड्डामा आदिवासी महिलाहरुलाई सैनिक संगठनको संरक्षणमा बलात्कार गरेको र आफ्नो घरेलु वा यौनदासको रुपमा राखेको अभियोग पूर्व सैनिक अधिकारीमाथि लागेको थियो । त्यस अभियोगमा त्यहाँका दुई जना पूर्व सैनिक अधिकारीहरुलाई ३६० वर्षको कैद सजायको ऐतिहासिक फैसला भएको छ । यो फैसलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यस्तै मुद्दाको सन्दर्भमा बलियो मुद्दा र नजिर बनाएको छ । ग्वाटेमालामा तानाशाही शासनकालमा आदिवासी जनतामाथिको आमहत्यालगायत त्यसबेला भएका संस्थागत अपराध र दण्डहीनताप्रतिको उदासीनतालाई यो फैसलाले तोडेको छ ।

४. पहिलो स्वायत्त सरकार

पेरुका वामपिस आदिवासी समुदायले नोभेम्बर २०१५ मा ३० लाख एकड जमिनमा फैलिएको त्यहाँको इतिहासकै पहिलो आदिवासी सरकार घोषणा गरेर नयाँ इतिहास निर्माण गरेको छ । ससाना ३ सय वामपिस आदिवासी समुदायहरु मिलेर बनाइएको सो सरकारको लक्ष्य आदिवासी जनताको सार्वभौमिकताको सुरक्षा र उनीहरुका जमिन, जीवनपद्धति र स्थानीय पर्यावरणको रक्षा गर्नु हो । खानी उत्खनन, जङ्गल फँडानी र औद्योगिक कृषिले ती कुरामाथि खतरा भइरहेको छ ।

५. आदिवासी नेताका हत्यारालाई सजाय

सन् २०१५ अगस्तमा भेनेजुयलाका चर्चित आदिवासी नेता साविनो रोमेरोका हत्याराहरुमध्येका एक अभियुक्तलाई अधिकतम ३० वर्षको कैद सजाय फैसला भयो । कोही आदिवासीको हत्या गरेको अभियोगमा कसैलाई यति धेरै सजाय दिइएको यो पहिलो पटक हो । साविनो पश्चिमी भेनेजुयलाका युक्पा आदिवासी समुदायका नेता थिए र उनी भेनेजुयलामा आदिवासी जनताका राष्ट्रिय व्यक्तित्व बोकेका नेता थिए । 

आदिवासी सरकारको लक्ष्य आदिवासी जनताको सार्वभौमिकताको सुरक्षा र उनीहरुका जमिन, जीवनपद्धति र स्थानीय पर्यावरणको रक्षा गर्नु हो ।

सन् २०१३ मार्चमा कानुनी हकअधिकार भएको एउटा आदिवासी समुदाय र त्यो भूमिमाथि आफ्नो अधिकार जमाउन खोजेका टाउन प्लानिङ व्यवसायीबीच जग्गाको विषयमा भएको विवाद र हिंसात्मक झडपमा परी उनको हत्या भएको थियो ।

६. पाराग्वेली आदिवासी जनताले पाए भूमिमाथि हक

सन् २०१५ अप्रिलमा पाराग्वेका एक्सवासे ऐट (Yexwase Yet) ले झण्डै २५ हजार आफ्नो पुर्ख्यौलीमा आफ्नो कानुनी हक स्थापित गरेपछि इन्जेट सुर (Enxet Sur) समुदायले वर्षौंको सङ्घर्षपछि एउटा ठूलो विजय हासिल गरेको छ । त्यो भूमिमाथि हक स्थापित भएपछि इन्जेट सुर समुदाय सो क्षेत्रमा वातावरणीय सङ्कट निम्त्याउने औद्योगिक कृषिलाई विस्थापित गरी उनीहरुको परम्परागत जीवन र प्राकृतिक जङ्गल पर्यावरणको संरक्षण गर्न सक्ने भएको छ ।

७. मोन्सान्टोको विरोधमा

मेक्सिकोको उच्च अदालतले सन् २०१५ को नोभेम्बर महिनामा युकान्ता प्रान्तमा वंशाणुगत रुपमा परिवर्तन गरिएको भटमासको प्रयोगमा रोक लगाएको छ । अदालतले त्यहाँका आदिवासी जनताको जग्गामा वंशाणुगत रुपमा परिवर्तित भटमास प्रयोग गर्न स्थानीय आदिवासी समुदायहरुसँग सल्लाह गर्न समेत आदेश दिएको छ । यो आदेशले सो क्षेत्रका ६० हजार एकड भूमिमा आफ्नो भटमास खेती गर्ने मोन्सान्टो योजनालाई रोकी आदिवासी कृषक र मौरी पालकहरु वातावरणीय संरक्षण गर्ने आफ्नो पेसाकर्मलाई निरन्तरता दिन सक्ने भएका छन् ।
तर मोन्सान्टोविरुद्धको सङ्घर्ष भने अझै सकिएको छैन । आदिवासी तथा कृषक समुदायहरुले वंशाणुगत रुपमा परिवर्तन गरिएको मकैलाई प्रतिबन्ध गर्न सङ्घर्ष गरिरहेका छन् । त्यस्ता मकैले जैविक विविधता र आदिवासी जनताका मौलिक प्रकारको संरक्षणलाई ध्वस्त बनाउने उनीहरुको तर्क छ । 

साविनो पश्चिमी भेनेजुयलाका युक्पा आदिवासी समुदायका नेता थिए र उनी भेनेजुयलामा आदिवासी जनताका राष्ट्रिय व्यक्तित्व बोकेका नेता थिए ।

८. मापुचे समुदायका नेताहरु रिहा

सन् २०१५ नोभेम्बरमा तीन जना मापुचे नेताहरु उनीहरुमाथि लगाइएको अभियोग गलत प्रमाणित भएपछि रिहा गरिएका छन् । दक्षिणपश्चिम अर्जेन्टिनामा अन्तरसांस्कृतिक पुर्पक्षको क्रममा यो घटना कोसेढुङ्गा बनेको छ ।

आफ्नो भूमि रक्षाको लागि लडेका आदिवासीहरुलाई अपराधी करार गरी ती नेताहरुलाई गिरफ्तार गरिएको थियो । मापुचे समुदायले त्यो गिरफ्तारीलाई राजनीतिक अभिप्रायबाट अभिप्रेरित भएको बताएको थियो । आदिवासी जनताको प्रतिरोधको अपराधीकरणविरुद्ध लडाइँमा यो मुद्दा एउटा नजिर बनेको छ । अन्तरसांस्कृतिक पुर्पक्षमा आदिवासी नेताहरुलाई यो पहिलो पटक रिहाइ गरिएको हो ।

प्रस्तुति : नीरज लवजू

स्रोत :  http://www.telesurtv.net/english/news/8-Latin-America-Indigenous-Rights-

 

Comments

comments

SHARE