कल्पना गर्नुस, तपाईं आफ्नो मोबाइल सेटलाई कागजको टुक्रा जसरी पट्याएर खल्तिमा राख्न सक्नुहुन्छ । यसलाई कच्याककुचुक पारेर खल्तिमा राख्नुस र आवश्यकता पर्दा निकाल्नुस । निकाल्दा जस्ताको तस्तै हुन्छ । हो, अन्वेषकहरु अचेल यस्तै लचकदार मोइबाल बनाउन तलिन छन् ।

यस्तो किसिमको मोबाइल फोनका नमुनाले मात्रै पनि प्रदर्शनीहरुमा थुपै्र मानिसलाई लोभ्याइरहेका छन् । अबको एक वर्षपछि यस्तो मोबाइल फोन बजारमै छ्याप्छ्याप्ति पाइने अन्वेषकहरुको दावी छ ।

एलजी, फिलिप्स, सार्प, सोनी र नोकिया जस्ता विश्वविख्यात कम्पिनीहरु पहिलेदेखि नै लचकदार मोबाइलको गृहकार्य गरिरहेका थिए । तर दक्षिण कोरियाली कम्पनी सामसुङले बाजी मार्ने भएको छ । बजारमा यस्तो सेट ल्याउनेमा उ सबैभन्दा तयारी अवस्थामा रहेको बताइन्छ । आफ्नो उत्पादन संसारभरी लोकप्रिय हुनेमा सामसुङ ढुक्क छ ।

सामसुङका प्रवक्ताका अनुसार यस्तो सेट परम्परागत एलसिडीको तुलनामा प्लास्टिकजस्तै हल्का र पातलो हुन्छ । यसको विद्युतीय उपकरणलाई नै लचिलो बनाइएको हुन्छ । नोकियाका लागि काम गरिरहेका क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर फेरारी भन्छन्, ‘हामी लचिलो र पारदर्शी डिस्प्लेमाथी काम गरिरहेका छौं, यसमा धेरै प्रगति पनि भइसकेको छ ।’

Comments

comments

SHARE