हाम्रो बारे

मूलधारबाट उछिट्टएिर बाहिर रहेको छ नाम्सादिम ! साढे दुर्इ शताब्दीअघिका आफ्ना प्रिय ग्ले (राजा) र सलिङ (भूमि) गुमाउनुपरेको पीडामा भने बीसको उन्नाइस भएको छैन । नेता र सत्ताको कामै उफ्रने त हो । गुलिया भाषण गर्दै उपियाँ भन्दै बढी उफ्रन छोडेको होओइन । भूकम्प पीडितका नाममा आएको रासन पनि भकारीमै कुहायो, सरकार । अन्ततः खाल्डोमा पुरेर समाचार प्रशारण गर्यो सकियो र त यसपालिको बर्ख (वर्ष) ! खै सम्झँदैमा मुटुले ठाउँ छोडेको कसले देख्ला र ! अनि त अनि किन नचर्किउन्, खनियाबास र लच्याङ काण्डका डाहरू !

भिमफेदीदेखि भारी बोकेका काँधहरूमा मलम लगाउने कसले ? भत्किएको धरहरा पुनः मर्मत गर्ने जितबहादुर तामाङहरू शायद जन्मने छैनन् । तिनीहरू त थर्पेलिङतिर पुगिसके होलान् । दरबार बनाउँदा मारिएका चित्तको फोवा, ङोवा र घेवा ! खै के कुरा गर्नु ? लोकतन्त्र भन्दै चिच्याउँछन्, सत्ता र नेताहरू ! तामाङको छोरोले थाङ्का लेखेपनि, काष्ठकला फुलाएपनि टिबेटियन भन्नुपर्छ । जति धेरै अनि राम्रा साहित्य जन्माएपनि मूलधारको हुँदैन । जति वर्षपत्रकारिता गरेपनि मूलधारको प्यासी मात्रै ! जति लेखेपनि तामाङ लेखक रे ।

जति राम्रा र धेरै गीत सङ्गीतहरू कोरलेपनि तामाङ गायक/गायिका अनि सङ्गीतकार मात्रै ! यस्तो बेला कसले बोल्ने तामाङ भाषा ! कसले खोज्ने नाम्सादिमको समाचार ! कसले छपाउने नाम्सादिमको मनको बह ! स्वदेशमा बस्यो; पीँधमा आगो लगाउनेहरूले छोड्दैन । विदेशियो; स्वदेशको माया उस्तै । आँशुको सागर झन बढ्छ । रेमिट्यान्स भन्दै रुवाउँछन्; लुटेराहरूले ! तैपनि नाम्सादिम जस्ताको त्यस्तै छ । नाम्सादिम नाम्सादिम नै छ । अझै रहिरहनेछ ।

यस्तैमा टुङ्ना र डम्फू अनि बुप्च्यल बजाउँदै; कङ्लिङ फुक्तै र ढ्याङ्ग्रो बजाउँदै जगाउनुछ । उठाउनुछ; नाम्सादिमलाई ! यसैका लागि एउटा उद्घोष ! तपाईँ, मेरो, हामी अनि हाम्रो साझा आवाज ! एउटै आवाज- नाम्सादिम ! बेग्लै प्रस्तुति शैलीका साथ, समाचार, फिचर, रिपोर्ट, लेख, रचना अनि श्रव्य, दृश्य र लेख्य स्वरूपमा ! आएको छ । कृपया एक पटक भिजिट गर्नुस् (हेर्नुस्) ।

नराम्रो वा अपूरो लागेमा सल्लाह सुझाव दिनुस् । राम्रो लागेमा अरूलाई पनि खबर गरिदिनुस् । आउनुस्; एक पटक प्रयास गरौं नेपाली तामाङ हुनलाई ! एक्काइशौं शताब्दीको मानव बन्नलाई !!! उही- www.namsadhim.com

सम्पर्क :- ९८५१०३८६३०